१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

झापा-३ का मतदाता भन्छन् : भोट दिन्छौँ, तर बिर्सन पाइँदैन

झापा भद्रपुर–८ का मतदाताले जितेर गाउँ नफर्किनेहरूलाई भोट नदिने प्रतिक्रिया दिएका छन्। शुक्रबार भद्रपुर विमानस्थल पूर्व क्षेत्रका मतदाताले जितेर गाउँ नआउनेहरूलाई अब मत नदिने बताएका हुन्।

नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हरिबहादुर राजवंशीलाई सो क्षेत्रका बासिन्दाले ‘जितेपछि तपाईँ पनि नआउने होला’ भन्दै शंका व्यक्त गरे। राजवंशी गाउँमा स्थानीयले हरिबहादुरलाई भने, 'हामी तपाईँलाई भोट दिन्छौं, तर हामीलाई बिर्सन पाउनु हुन्न।'

पटक–पटक जिताएको उम्मेदवार गाउँ नफर्किएको भन्दै गुनासो गरेका मतदाताले विकासको बारेमा आफ्नै प्रतिनिधिसँग समेत कुरा राख्ने अवसर नपाएको बताए। यसअघि जिताएका उम्मेदवारलाई देख्न नपाएपछि उनीहरूले असन्तुष्ट व्यक्त गरिरहेका छन्।

विद्यालयको पूर्वप्रअ समेत भइसकेका राजवंशीले जिते पनि हारे पनि जनताको बीचमा रहने प्रतिबद्धता गरेका छन्। उनले मतदातालाई मत दिए वा नदिन पनि साथमा रहने बताए। उनले झापा ३ का जनताको चाहना बमोजिम नै उम्मेदवार बनेको बताएका छन्। सूर्यमा मतदान गर्न इच्छुक मतदाताको आग्रहमा उम्मेदवार बनेको दाबी गर्ने राजवंशीले भने, '१२ वर्षमा खोला फर्काउने एमालेको चाहनामा मतदाताको पूर्ण साथ छ।'

प्रकाशित: २४ माघ २०८२ १३:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App