नेदरल्याण्ड्सलाई १४७ रनमा अलआउट गर्दै पाकिस्तानले टी-२० विश्वकप २०२६ को उद्घाटन खेलमा शानदार सुरुवात गरेको छ।
टी-२० विश्वकप २०२६ को उद्घाटन खेलमा नेदरल्याण्ड्सले पाकिस्तानलाई १४८ रनको लक्ष्य दिएको छ। श्रीलंकाको सिंहलीज स्पोर्ट्स ग्राउन्डमा खेल जारी खेलमा पाकिस्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो।
पाँच ओभरको खेल भइरहँदा पाकिस्तानले दुई विकेट गुमाएर ५३ रन बनाएको छ। नेदरल्याण्ड्स १९.५ ओभरमा १४७ रनमा अलआउट भएको थियो। नेदरल्याण्ड्सका लागि कप्तान स्कट एडवर्ड्सले सर्वाधिक ३७ रन बनाए। पाकिस्तानका लागि सलमान मिर्जाले सर्वाधिक तीन विकेट लिए।
नेदरल्याण्ड्सका १० ब्याट्सम्यानमध्ये नौ जना क्याच आउट भए भने अब्रार अहमदले कोलिन एकरम्यानलाई बोल्ड गर्दै केवल एक विकेट लिए।
पाकिस्तानी टोलीको प्लेइङ ११ मा सैम अयुब, साहिबजादा फरहान, सलमान आगा (कप्तान), बाबर आजम, उस्मान खान (विकेटकिपर), शादाब खान, मोहम्मद नवाज, फहीम अशरफ, शाहीन शाह अफ्रिदी, सलमान मिर्जा र अबरार अहमद रहेका छन्।
त्यस्तै नेदरल्याण्ड्सको टोलीमा माइकल लेभिट, म्याक्स ओडोड, बास डे लीडे, कोलिन एकरम्यान, स्कट एडवर्ड्स ( विकेटकिपर), ज्याक लियोन-क्याचे, लोगान भ्यान बेक, रोइलोफ भ्यान डर मर्वे, काइल क्लाइन, आर्यन दत्त र पल भान मिकरेन रहेका छन्।
प्रकाशित: २४ माघ २०८२ १३:२१ शनिबार





