१ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इस्लामाबाद विस्फोट : मृतक संख्या ३१ पुग्यो, पाकिस्तानको आरोपमा भारतले के भन्यो?

इस्लामाबादको तरलाई क्षेत्रमा शुक्रबार नमाजको समयमा भएको आत्मघाती हमलामा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ। जानकारी अनुसार १६९ भन्दा बढी घाइते भएका छन्।

आक्रमणकारीलाई गेटमा रोक्दा उनले विस्फोट गराएका थिए।

पाकिस्तानका रक्षामन्त्री खवाजा आसिफले आक्रमणकारी अफगानिस्तान गएको ‘प्रमाणित’ भएको दाबी गर्दै भारत र अफगानिस्तानको साँठगाँठ रहेको आरोप लगाएका थिए। जवाफमा भारतीय विदेश मन्त्रालयले यो आरोपलाई आधारहीन भन्दै खारेज गरेको छ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इस्लामाबादको मस्जिदमा भएको बम विस्फोट निन्दनीय छ र भारतले यसबाट भएको मृत्युप्रति दुःख व्यक्त गर्दछ।’

बयानमा अगाडि भनिएको छ, ‘दुर्भाग्यपूर्ण छ कि पाकिस्तानले आफ्ना सामाजिक समस्याहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुको सट्टा आफ्नो घरेलु समस्याको लागि अरूलाई दोष दिएर आफूलाई धोका दिइरहेको छ। भारतले यस्ता कुनै पनि आरोपलाई अस्वीकार गर्दछ, जुन आधारहीन छन्।’

विश्वभरका नेताहरूले पनि यो हमलाको निन्दा गरेका छन्। आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ। यो इस्लामाबादमा लामो समयपछि भएको सबैभन्दा ठुलो आक्रमण मानिएको छ। एजेन्सी

प्रकाशित: २४ माघ २०८२ १३:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App