उपचार गर्न ‘घरखेत बेच्नु’ नपरोस् भनेर ल्याएको बिमा कार्यक्रम सुधार हुन्छ, बन्द हुँदैन : सभापति थापा
उनले आफ्नो स्वास्थ्य मन्त्रीकालको अनुभव साट्दै धेरै नागरिकले पैसा नभएर उपचार छोड्नुपरेको र परिवारको सम्पत्ति सकिएको देखेकोले बिमा सुरु गरेको स्मरण पनि गराएका छन्। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार खल्तीबाट हुने स्वास्थ्य खर्च न्यूनतम हुनुपर्नेमा नेपालमा तीन गुणा बढी रहेको उनको भनाइ छ।

