१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नेपालले आयरल्यान्डसँग आठ खेल खेल्ने

नेपालले टेस्ट राष्ट्र आयरल्यान्ड ‘ए’ टोलीसँग ट्वान्टी–२० र एकदिवसीय शृंखलामा गरेर कुल आठ खेल खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले घरेलु मैदानमा हुने शृंखलाबारे आइतबार जानकारी दिएको हो। उक्त शृंखला मार्च २४ देखि सुरु हुनेछ। सुरुमा नेपालको सिनियर राष्ट्रिय टोलीले आयरल्यान्ड ‘ए’ सँग दुई खेलको ट्वान्टी–२० शृंखला खेल्ने भएको छ। तालिकाअनुसार पहिलो दुई ट्वान्टी–२० खेल मार्च २४ र मार्च २५ तारिख हुनेछन्। त्यसपछि भने नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीच कुल ६ खेल हुने क्यानले सार्वजनिक गरेको छ।

यस क्रममा नेपाल ‘ए’ ले समान तीन खेलको ट्वान्टी–२० र एकदिवसीय शृंखला पाहुना टोली आयरल्यान्ड ‘ए’ सँग खेल्ने तालिका छ। ‘ए’ टोली बीचको पहिलो ट्वान्टी–२० खेल मार्च २८ तारिखबाट सुरु हुनेछ। त्यसपछि दोस्रो खेल मार्च २९ र तेस्रो खेल मार्च ३१ मा हुने तय छ। एकदिवसीय शृंखलाको पहिलो खेल अप्रिल ३ तारिखबाट सुरु हुनेछ। दोस्रो खेल अप्रिल ५ मा र तेस्रो अप्रिल ७ मा हुने तय छ।

यसअघि नेपाल ‘ए’ ले क्यानडा–११ सँग क्रिकेट शृंखला खेलेको थियो। सो शृंखला नेपाल ‘ए’ ले २–१ ले गुमाउन पुग्यो। क्यानले कुल ३६ जनाको प्रारम्भिक छनोटबाट ‘ए’ टोली निर्माण गरेको हो। यस पटक पनि सोही प्रारम्भिक टोलीबाट क्यानले ‘ए’ टोली बनाउने तयारी गरेको छ। आफ्नो वार्षिक कार्यक्रमअनुसार क्यानले शृंखला आयोजना गर्न लागेको हो। 

प्रकाशित: २१ फाल्गुन २०८० ०९:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App