१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

पिस प्वाइन्टलाई छात्र फुटबलको उपाधि

पिस प्वाइन्टले शुक्रबार १२औं लोयल्टी कप यु–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

बूढानीलकण्ठ नगरपालिका–९ को एकताबस्तीस्थित आयोजक लोयल्टी एकेडेमीको मैदानमा भएको फाइनलमा पिस प्वाइन्टले काष्ठमण्डपलाई १–० गोलले पराजित गर्‍यो। पिस प्वाइन्टको जितमा रोनिक ठाकुरले निर्णायक गोल गरे।

काष्ठमण्डपका अध्ययन शेरचन फाइनलको म्यान अफ दी म्याच घोषित भए। पिस प्वाइन्टका रञ्जित खड्का उत्कृष्ट गोलरक्षक, ब्रह्ककुञ्जका एलेक्स कुँवर उत्कृष्ट डिफेन्डर, काष्ठमण्डपका विशांक कार्की उत्कृष्ट स्ट्राइकर, लोयल्टी ‘बी’ का साहिल राई उत्कृष्ट मिडफिल्डर र पिस प्वाइन्टका यतीराज गुरुङ उत्कृष्ट प्रशिक्षक चुनिए।

प्रतियोगितभर ११ गोल गरेका लोयल्टीका विंगु थापा सर्वाधिक गोलकर्ता भए। नेपाल पुलिस स्कुलले अनुशासित टिमको उपाधि जित्यो। विजेतालाई फेडाप गाउँपालिका, तेह्रथुमका अध्यक्ष केशव भेटवाल, बुढानीलकण्ठ नगरपालिका–९ का सदस्य रमेश गौतम, समाजसेवी शंकर आचार्य, आयोजक विद्यालय व्यवस्थापन समितिका सदस्य श्रीराम क्षेत्री, लोयल्टीका प्रिन्सिपल वीरेन्द्र कुरुम्बाङ, व्यवसायी शंकर कार्की, लोयल्टीका विद्यालय प्रशासन प्रमुख हरिप्रसाद दाहाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। फागुन ६ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजकका २ सहित १३ टोलीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: १२ फाल्गुन २०८० १०:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App