१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिपको उपाधि प्याडल नेपाललाई

र्‍याफ्टिङमा प्रतिश्पर्धा गर्दै। तस्बिरः नागरिक

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा पहिलोपटक कालीगण्डकी नदीमा सम्पन्न राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियिनसिपको उपाधि प्याडल नेपाल ‘ए’ टिमले जितेको छ। चारदिनसम्म चलेको प्रतियोगितामा प्याडल नेपालले ओभरअल तर्फ कुल ९७२ अंक प्राप्त गर्दै उपाधि हात पारेको हो।  

पोखरामा रहेको प्याडल नेपाललले प्रतियोगितामा सम्पन्न चारवटा छुट्टाछुट्टै इभेन्ट मध्ये स्प्रिन्टमा १००, हेड टु हेडमा २००, सालोलममा ३२२ र डाउन रिभरमा ३५० अंक बटुल्दै समग्रमा उपाधि जितेको प्रतियोगिताका संयोजक एवं प्रदेश खेलकुद परिषदका सदस्य बसन्तराज दवाडीले जानकारी दिए।

यसैगरी प्रतियोगितामा सहभागि भोटेकोशी ‘बी’ उपविजेता बनेको छ। भोटेकोशी समुहले समग्र चारवटा इभेन्टमा ९४२ अंक प्राप्त गर्न सफल रह्यो भने बागमती प्रदेश कुल ८४२ अंकका साथ तेश्रो स्थान प्राप्त गरेको छ।  प्रतियोगिताको अन्तिम दिन दुईवटा इभेन्ट सम्पन्न भएका थिए। प्रतियोगिताको डाउन रिभर रेसमा प्याडल नेपाल ए टिम पहिलो हुँदा भोटेकोशी बी दोश्रो र बागमती प्रदेशले तेश्रो स्थान प्राप्त गरेको छ।

त्यसै गरी  र्‍याफ्टिङ सालोलमतर्फ भोटेकोसी बी विजेता बनेको छ भने प्याडल नेपाल ए टिमले दोश्रो र बागमती प्रदेशले तेश्रो स्थान प्राप्त गरेको छ। डाउन रिभर र सालोलम तर्फका विजेताहरुले मेडल तथा प्रमाणपत्रका साथमा क्रमश जनही नगद क्रमशः १५, १० र ५ हजार रुपैयाँ प्राप्त गरे।

पर्वत र बागलुङको संगम मालढुंगास्थित कालीगण्डकीमा नेशनल र्‍याफ्टिङ च्याम्पियनसिपमा मेन्स स्प्रिन्ट टिम इभेन्टमा प्याडल नेपाल ‘ए’ टिमले जित हासिल गरेको छ। गण्डकी प्रदेश टिम दोश्रो भएको छ। त्यसै गरी सोही इभेन्टमा भोटे कोशी ‘बी’ समुह तेश्रो भएको छ।

मेन्स स्प्रिन्ट हेड टु हेड प्रतियोगितामा प्याडल नेपाल ‘ए’ टिमले नै जित हासिल गरेको छ। त्यसै गरी भोटेकोशी ‘बी’ले दोश्रो स्थान हासिल गर्दा प्याडल नेपाल ‘बी’ ले तेश्रो स्थान प्राप्त गरेको प्रतियोगिता प्राविधिक समितिका संयोजक एवं नेपाल र्‍याफ्टिङ संघका मुख्य प्रशिक्षक नीमबहादुर थापा मगरले बताए।

कालीगण्डकीलाई सहाशीक खेलकुदको गन्तव्य बनाउने उद्देश्यका साथ पहिलो पटक उक्त प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा र्‍याफ्टिङतर्फ १२ टिम र कायाक सालोलम प्रतिस्पर्धामा ५० भन्दा बढि खेलाडीको सहभागिता रहेको प्राविधिक संयोजक नीम बहादुर थापा मगरले बताए । प्रतियोगितामा सात प्रदेश, विभागिय टिम र अन्य क्लबको समेत सहभागिता रहेको थियो।

प्रकाशित: २ फाल्गुन २०८० ११:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App