११ असार २०८१ मंगलबार
image/svg+xml
खेल

आइसीसी यू–१९ विश्वकपः बङ्गलादेशविरुद्ध पहिले ब्याटिङ्ग गर्दै नेपाल

आइसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ्ग गर्न लागेको छ।

दक्षिण अफ्रिकाको माङ्गाउङ ओभलमा सुरु भएको खेलमा नेपालले बङ्गलादेशविरुद्ध पहिले ब्याटिङ्ग गर्ने निर्णय गरेको हो।

आजको खेलमा जित हात पारे पनि नेपालको आगामी यात्रा असम्भव जस्तै छ। कारण, सुपर सिक्समा पुगेको नेपाल अङ्कको हिसाबले पुछारमा रहेको छ।

सुपर सिक्समा पुगेको नेपालले २ खेलमा अङ्कबिहीन हुँदा उसको आगामी यात्रा असम्भव बनेको हो। नियम अनुसार आफूले हराएको टोली सुपर सिक्समा पुगेको मात्रै अङ्क जोडिन्छ। तर, नेपालले हराएको अफगानिस्तान सुपर सिक्समा नपुगेको हुँदा पाँचौ स्थानमा छ।

प्रकाशित: १७ माघ २०८० ०८:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App