१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

प्रिन्स र रसिलालाई उपाधि

प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि एपिएफका प्रिन्स दाहाल र आर्मीकी रसिला मर्हजनले हात पारेका छन्। नेपालगन्ज रंगशालास्थित कभर्ड हलमा शनिबार आर्मीका कविर केसीलाई २१–७, २१–१४ को सोझो सेटमा पराजित गर्दै दाहालले पुरुषतर्फको उपाधि हात पारे। नेपाल प्रहरीका जीवन आचार्य र एपिएफका अमन महर्जन तेस्रो भएका छन्।

प्रतियोगितामा महिला एकलतर्फ नेपाल आर्मीकी महर्जनले एपिएफकी शोभा गौचनलाई २१–१०, २१–८ को सोझो सेटमा पराजित गर्दै उपाधि जितिन्। प्रतियोगितामा नेपाल प्रहरीका नीता लम्साल र कैलालीकी एलिना सुनार तेस्रो भए।

यस्तै पुरुष युगलतर्फ एपिएफका प्रिन्स दाहाल र विजित थापामगरको जोडी पहिलो भएको छ। उक्त जोडीले एपिएफका क्षितिज खनाल र देवराज रानाको जोडीलाई २१–१४, २१–११ को सोझो सेटमा पराजित गर्‍यो। एपिएफका अमन महर्जन र रोशन साउदको जोडी तथा नेपाल प्रहरीका जीवन आचार्य र विष्णु कटवालको जोडी तेस्रो भयो।

यसै गरी पुरुष युगल(बी लेभल)तर्फ सुर्खेतका राजेन्द्र बम र खगेन्द्र खत्रीको जोडीले पहिलो भयो। सो जोडीले सेमिफाइनलमा धनगढीका भरत चन्द र दिनेश थापामगरको जोडीलाई २१–१७, २३–२१ ले पराजित गरेको थियो।

त्यस्तै पुरुष युगल (भेट्रान्स ४५ प्लस) तर्फ बाँकेका जयन्त श्रेष्ठ र अनिल लाखेको जोडी पहिलो भएको छ। श्रेष्ठ र लाखेको जोडीले नेपालगन्जका हरि खत्री र राजकुमार पोखरेलको जोडीलाई २२–२०, २१–१६ सोझो सेटमा पराजित गरेको थियो। प्रतियोगितामा पुरुष एकलका विजेताले नगद ७० हजार, दोस्रोले ३५ हजार तथा तेस्रो हुनेले १५/१५ हजार नगद प्राप्त गरेका छन्।

यस्तै महिला एकलका विजेताले ६० हजार, दोस्रो हुनेले ३० हजार तथा तेस्रो हुनेले १५/१५ हजार प्राप्त गरेका छन्, भने पुरुष युगलका विजेताले नगद ५० हजार, दोस्रोले २५ हजार तथा तेस्रो हुनेले १५/१५ हजार प्राप्त गरेका छन्।

यस्तै पुरुष युगल (बी लेभल)ले ३० हजार, दोस्रोले २० हजार (भेट्रान्स ४५ प्लस) का विजेताले ३० हजार, दोस्रोले २० हजार रूपैयाँ प्राप्त गरेको आयोजक बाँके जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सञ्जय थापाले जानकारी दिए।  

प्रकाशित: १४ माघ २०८० ०१:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App