२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आहा रारा पोखरा गोल्डकपः आज मच्छिन्द्र र जावलाखेल भिड्दै

२३ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप अन्तर्गत आज मच्छिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ।  

प्रतियोगिताको तेस्रो दिन क्वाटरफाइनलमा स्थान बनाउनका लागि दुई टोलीबीच प्रतिस्पर्धा हुन लागेको हो।  

पोखरा रङ्गशालामा हुने दुई टोलीबीचको खेल दिउँसो २ बजेबाट सुरु हुनेछ। आजको खेलमा जित निकाल्दै मच्छिन्द्र क्लब क्वाटरफाइनलमा स्थान बनाउन चाहन्छ भने जावलाखेल पनि क्वाटरफाइनलमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छ। 

प्रकाशित: ११ माघ २०८० ०६:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App