६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

दुई बलरको उत्कृष्ट प्रदर्शनले कोशी प्रदेश १२३ रनमा सीमित

प्रधानमन्त्री कप अन्तर्गत बुधवार भइरहेको खेलमा कोशी प्रदेशले सुदूरपश्चिमलाई १२४ रनको लक्ष्य दिएको छ।

पहिलो इनिङ खेल्दै सुदूरपश्चिमका तीव्र गतिका बलर विकाश आग्री र स्पिनर शेर मल्लले उत्कृष्ट बलिङ गरेपछि कोशी १२४ रनमै रोकिएको हो।

त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा कोशीले टसले जितेर पहिले ब्याटिङ रोजेको थियो। सुदूरपश्चिमले ३२ ओभरमै अल आउट गरेको थियो। १२३ रनमध्ये कोशीका मिनाष थापा भने ३७ बलमा ५ चौकासहित सर्वाधिक २६ रन बनाउन सफल भएका थिए। 

प्रकाशित: १० माघ २०८० ०६:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App