१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

युनिशा र सुवासलाई स्वर्ण

हिमरश्मिकी युनिशा पाठक र लालीगुराँस नेसनल एकेडेमीका सुवास रावतले सोमबार सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गत एथलेटिक्सको चार सय मिटर दौडमा स्वर्ण जितेका छन्।

अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) द्वारा आयोजित प्रतियोगितामा सुवास बोइजमा र युनिशा गर्ल्समा स्वर्ण जित्न भएका हुन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सुवासले निर्धारित दूरी एक मिनेट ०१.५७ सेकेन्डमा पूरा गरे।

कौशलका आशिष रावलले रजत र ज्ञानमन्दिरका सद्रिस सिंखडाले कांस्य जिते। युनिशाले एक मिनेट १६.०९ सेकेन्डमा दौड पूरा गरिन्। सृजना ज्ञानसागरकी रुस्मा अम्गाईंले रजत तथा विभूतिकी वर्षा श्रेष्ठले कांस्य हात पारे। ब्वाइजको दुई सय मिटर दौडमा लालीगुराँसका सुदीप पाण्डे २६.०६ सेकेन्ड समयसाथ पहिलो भए।

हिमरश्मिका नवीन महत दोस्रो तथा फेरिल्यान्डका मदन गडाइली तेस्रो बने। सो स्पर्धाको गल्र्समा हिमरश्मिकी ममता बरालले स्वर्ण जितिन्। ममताले निर्धारित दूरी तय गर्न ३२.३६ सेकेन्ड समय खर्चिन्।

कौशलकी सुजश्री विष्ट दोस्रो तथा फेरिल्यान्डकी अपेक्षा ढुंगाना तेस्रो स्थानमा रहे। ब्वाइजको त्रिपलजम्पमा लालीगुराँसका दीपेन्द्र गिरी पहिलो भए। उनले ११.१७ मिटर जम्प गरे। सृजना ज्ञानसागरका रविन तामाङ दोस्रो तथा एन्जल्स हार्टका हिमसागर पुन तेस्रो बने। उक्त स्पर्धाको गर्ल्समा ७.६४ मिटर जम्प गरेकी सृजना ज्ञानसागरकी ग्रीष्मा देवकोटा शीर्ष स्थानमा रहिन्।

हिमरश्मिकी सुनिशा मिश्र दोस्रो तथा ज्ञानमन्दिरकी अनु बराम तेस्रो भए। ज्याभलिन थ्रोको ब्वाइजमा ज्ञान मन्दिरका यारिस मगर पहिलो बने। उनले ३६.६० मिटर थ्रो गरे। फेरिल्यान्डका उत्सव गुरुङ दोस्रो र सेबका अर्जुन रानामगर तेस्रो भए। यसै स्पर्धाको गर्ल्समा हिमरश्मिकी नासिका ओझा पहिलो भइन् र उनले १३.२० मिटर टाढा फालिन्।

 कौशलकी आस्मा गुरुङ दोस्रो र न्युटनकी एन्जल तेस्रो भए। चार गुणा एक मिटर रिलेको गर्ल्समा हिमरश्मि पहिलो, लालीगुराँस दोस्रो र फेरिल्यान्ड तेस्रो बने। सो स्पर्धाको ब्वाइजमा लालीगुराँस, हिमरश्मि र कौशल क्रमशः शीर्ष तीन स्थानमा रहे। यससँगै एथलेटिक्स खेल सम्पन्न भएको छ।

फुटबलमा ज्ञान मन्दिर सेमिफाइनलमा

ज्ञान मन्दिर सोमबार सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गत ब्वाइज फुटबलतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ज्ञान मन्दिरले हिमरश्मिलाई ३–० गोलले पराजित गर्‍यो। ज्ञान मन्दिरका सुशान्त थापा मगर र विकास गुरुङले समान एक गोल गरे। एक गोल आत्मघाती रह्यो।  

प्रकाशित: ९ माघ २०८० ०२:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App