६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

राष्ट्रिय भलिबल प्रतियोगिता: एपिएफलाई हराउँदै पुलिस च्याम्पियन

साबिक विजेता नेपाल एपिएफ क्लबलाई हराउँदै च्याम्पियन बनेको नेपाल पुलिस क्लब। नगेन्द्र उपाध्याय/नागरिक

साबिक विजेता नेपाल एपिएफ क्लबलाई हराउँदै ३४ औं राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लब जितेको छ। बिहीबार वीरेन्द्रनगरमा भएको फाइनल खेलमा प्रहरीले एपिएफलाई ३–१ को सेटमा पराजित ग¥यो। सुरुवाती सेट गुमाएको प्रहरीले त्यसपछिका तीन सेट लगातार जित्दै च्याम्पियन बन्यो। योसँगै समूह चरणमा एपिएफसँगको हारको बदला पनि पुलिसले लिएको छ।

उपाधिसँगै पुलिसले एक लाख रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। पुलिसले सुरुवाती सेट गुमाए पनि त्यसपछिको तीन सेट आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भएको हो। सुरुवातमा प्रतिस्पर्धात्मक बनेको पहिलो सेट एपिएफले २५–२२ ले आफ्नो पक्षमा पारेको थियो। पहिलो सेट गुमाएको पुलिस दोस्रो सेटबाट भने खेलमा फर्कियो। 

दोस्रो सेट २५–१९ ले जित्दै पुलिसले खेललाई १–१ सेटको बराबरीमा ल्यायो। यस्तै तेस्रो सेट २५–१८ ले जितेको पुलिसले चौथो सेट २५–२५ ले जित्यो। चौथो सेटमा पुलिसले सुरुवातमा ८–४ को अग्रता लिएको थियो। एपिएफले पुनरागमन गर्दै ११–१० को अग्रता लियो। एफिएफले अग्रतालाई कायमै गर्न नसक्दा प्रहरीले उपाधि जित्न सफल भयो। 

यस्तै विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकी प्रदेश तेस्रो स्थान हासिल गर्न सफल भएको छ। शीर्ष तीनमा सधैं विभागीय टोलीको दबदबालाई यस पटक गण्डकी तोड्न सफल भयो। गण्डकीले पनि समूह चरणमा आर्मीसँगको हारको बदला लिन सफल भएको छ। समूह चरणमा आर्मीसँग गण्डकी ३–० को सोझो सेटमा हारेको थियो।

प्रतिस्पर्धात्मक खेलको पहिलो सेट गण्डकीले २५–२२ ले जितेको थियो। दोस्रो सेट रोमाञ्चक र प्रतिस्पर्धात्मक रह्यो। गण्डकी सेट प्वाइन्टमा पुगे पनि आर्मीले पुनरागमन गर्दै २६–२४ को जित निकाल्दा खेल १–१ सेटको बराबरीमा पुग्यो। तेस्रो सेट गण्डकीले २६–२४ ले बाजी मा¥यो। २४–२४ को बराबरी हुँदा गण्डकीका लागि स्पाइकर रवि केसीले लगातार दुई अंक दिलाए।

चौथो सेटमा गण्डकीले सुरुबाटै राम्रो सुरुवात ग¥यो। गण्डकीले चौथो सेट २५–२२ ले आफ्नो पक्षमा पार्दै आर्मीलाई चौथो स्थानमा धकेल्न सफल भयो।

पुस २० बाट सुरु भएको प्रतियोगितामा तीन विभागसँगै सात प्रदेश गरी १० टोलीको सहभागिता रहेको थियो। समूह ‘ए’ मा पुलिस, एपीएफ, लुम्बिनी, बागमती र कोशी र समूह ‘बी’ मा आर्मी, गण्डकी, कर्णाली, सुदूरपश्चिम र मधेस रहेर खेलेका थिए।

रविन सर्वोत्कृष्ट खेलाडी

च्याम्पियन नेपाल पुलिस क्लबका स्पाइकर रविन चन्द उत्कृष्ट खेलाडी घोषित भएका छन्। यस्तै पुलिस क्लबमै आबद्ध कर्णालीका युवा स्टार पहल गहतराज उदीयमान खेलाडी घोषित भएका छन्। पुलिसलाई च्याम्पियन बनाउन चन्द र गहतराजले उत्कृष्ट प्रदर्शन गरेका थिए।

च्याम्पियन नेपाल पुलिस क्लबका स्पाइकर रविन चन्द उत्कृष्ट खेलाडी घोषित भएका छन्। यस्तै पुलिस क्लबमै आबद्ध कर्णालीका युवा स्टार पहल गहतराज उदीयमान खेलाडी घोषित भएका छन्। पुलिसलाई च्याम्पियन बनाउन चन्द र गहतराजले उत्कृष्ट प्रदर्शन गरेका थिए। रविनले ट्रफीसँगै १० हजार रुपैयाँ प्राप्त गरे। यस्तै उनलाई लक्ष्मी नारायण मेमोरियल ट्रष्टबाट १२ हजार, नेपाल भलिबल संघ सुर्खेतका वरिष्ठ उपाध्यक्षले १० हजार र हङकङमा रहेका मोहन बाकमलले ५ हजार रुपैयाँ प्रदान गरे। रविनले सर्वोत्कृष्ट खेलाडीबापत पाएको पुरस्कार रकम पुलिसकै पूर्व खेलाडी आयुष्मा पुनमगरलाई प्रदान गर्ने बताए। आयुष्माको कलेजो प्रत्यारोपणको तयारी भइरहेको छ।

उदीयमान खेलाडी पहलले ट्रफीसँगै ५ हजार रुपैयाँ हात पारे। पुलिसकै कप्तान इम राना सेटर, रविन नगरकोटी ब्लकर, भीम गाहा लिवेरो र चन्द्र कुँवर उत्कृष्ट प्रशिक्षक चुनिए। एपिएफका हेमन्त मल्ल स्पाइकर र गण्डकीका जीवन सुनार उत्कृष्ट सर्भर चुनिए। उनीहरुले समान ५ हजार रुपैयाँसँगै ट्रफी हात पारे।

प्रकाशित: २६ पुस २०८० १३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App