१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

फाइनलमा भिड्दै दुवै पुलिस

साबिक विजेता एपिएफ र नेपाल पुलिस क्लब कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जारी राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेका छन्।

३४औं राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत एपिएफले गण्डकीलाई र पुलिसले त्रिभुवन आर्मी क्लबलाई हराउँदै फाइनलमा स्थान पक्का गरेका हुन्। फाइनल भिडन्त बिहीबार १ बजे खुलामञ्चमा हुनेछ।

बुधबार भएको पहिलो सेमिफाइनलमा एपिएफले गण्डकी प्रदेशलाई ३-० ले हरायो। एपिएफले गण्डकीलाई २५-२३, २५-२० र २५-१५ ले पराजित गरेको हो। पहिलो सेटको सुरुमा १०-९ को अग्रता बनाएको गण्डकीले त्यसलाई जोगाउन सकेन।

दोस्रो सेटमा पनि गण्डकीले १०-७ को अग्रतालाई जोगाउन सकेन। अपराजित एपिएफ समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनल पुगेको थियो। यस्तै नेपाल पुलिस क्लब त्रिभुवन आर्मीलाई ३-० ले हराउँदै उपाधिको नजिक पुगेको छ। पुलिसले आर्मीमाथि २५-२१, २५-२३ र २५-१९ ले हरायो।

नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताअन्तर्गत बिहीबार बिहान आर्मी र गण्डकीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: २६ पुस २०८० ००:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App