७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

टि२० विश्वकपको खेल तालिका सार्वजनिक, नेपाल र दक्षिण अफ्रिका एउटै समूहमा

अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरिएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आगामी जुनमा  हुने खेल तालिका र समूह सार्वजनिक गरेको छ।

सार्वजनिक  गरिएको समूह अनुसार नेपाल र दक्षिण अफ्रिका एउटै समूहमा परेका छन्।समूह डी मा नेपाल, नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश छन्।समूह ए मा भारत, पाकिस्तान, आयरल्यान्ड, क्यानडा र अमेरिका छन्।समूह बी मा इंग्ल्यान्ड अष्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान छन्।समूह सी मा न्युजिल्यान्ड, वेस्टइन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी छन्।

नेपालले पहिलो खेल ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्नेछ । दोस्रो खेल नेपालले ११ जुनमा श्रीलंकासँग खेल्नेछ।सुरुवाती दुई खेल नेपालले अमेरिकामा खेल्नेछ । त्यसपछि बाँकी दुई खेल वेस्टइन्डिजमा गएर खेल्नेछ।नेपालले जुन १४ मा सेन्ट भिनिसेन्ट द गार्डेन्समा दक्षिण अफ्रिकासँग खेल्नेछ।सोही मैदानमा नेपालले जुन १६ मा बंगलादेशसँग खेल्नेछ विश्वकप १ जुन देखी सुरु हुनेछ।हरेक समूहका शीर्ष दुई टोली सुपर ८ मा पुग्नेछन्।  

प्रकाशित: २१ पुस २०८० ०१:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App