१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

एसीसी यू–१९ एसिया कप क्रिकेटः नेपाललाई चौथो सफलता

एसीसी यू–१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले चौथो सफलता हासिल गरेको छ। दुबईमा जारी खेलमा नेपालले अफगानिस्तानविरुद्धको चौथो विकेट लिएको हो।

नेपालका लागि दिपेश कँडेलले विकेट लिएका हुन्। उनले अफगानिस्तानका रहिमुल्लाह जुरमातीलाई ३५ रनमा आउट गरेका हुन्। जुरमातीलाई कँडेलको बलिङमा सुभास भण्डारीले क्याच आउट गरेका हुन्।

हालसम्मको अवस्थामा अफगानिस्तानले ४ विकेटको क्षतिमा ३० ओभर खेल्दै १२९ रन बनाएको छ।

प्रकाशित: २४ मंसिर २०८० ०७:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App