२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

वडा-११ लाई टिम इभेन्टमा स्वर्ण

फाइल तस्वीर

वडा-११ ले पाँचौं ललितपुर महानगरपालिका मेयर कप अन्तरवडा रात्रिकालिन टेबल टेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा स्वर्ण जितेको छ। वडा-११ का नदिमरत्न शाक्य, राजेन्द्र वज्राचार्य र राजिप वज्राचार्यको टोलीले वडा-१६ का मुकेश धाख्वा, रितम शाक्य, राजेन्द्र श्रेष्ठ, राजु शाक्य र किरणमुनि वज्राचार्यको टोलीलाई ३-२ ले फाइनलमा पराजित गर्‍यो। वडा-१२ र वडा-९ तेस्रो भए।

स्व. पुष्परत्न शाक्य टिम इभेन्टको सूचीमा भए पनि यो स्पर्धा खेल्नुअघि नै उनको निधन भएको थियो। टोलीमा भने उनको नाम निधन हुनुअघि नै खेल्ने सूचीमा थियो। सम्मानस्वरूप वडा-११ को टोलीले स्व. पुष्परत्नको नाम पनि सूचीमा समावेश गराएको हो।

केही दिनअघि यही प्रतियोगिता खेल्ने क्रममा उनको हृदयाघातका कारण निधन भएको थियो। यु-१६ ब्वाइज सिंगल्समा वडा-२० का इरिश शाक्यले स्वर्ण, वडा-१८ का विशाल थापाले रजत तथा वडा-७ का मिजेन शाक्य र वडा–१२ का सक्षम शाक्यले कांस्य जिते।

उक्त स्पर्धाको गल्र्समा वडा-६ की अंकिता वज्राचार्य पहिलो, वडा-८ की सुरम्य शाक्य दोस्रो तथा वडा-२० की युनिशा महर्जन र वडा– १२ की इशान्भी महर्जनले कांस्य हात पारे। यु-१२ ब्वाइज सिंगल्समा वडा-१६ का रिजन शाक्यले स्वर्ण, वडा-१६ का स्वर्णिम शाक्यले रजत तथा वडा-१२ का अयानराज शाक्य र वडा-९ का निर्वाण वज्राचार्यले कांस्य जिते।

प्रकाशित: २४ मंसिर २०८० ०१:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App