१० असार २०८१ सोमबार
image/svg+xml
खेल

नेपाल सुपर लिगः आज एफसी चितवन र बुटवल खेल्दै

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज एफसी चितवन र बुटवल लुम्बिनी एफसीबीच खेल हुँदैछ। दशरथ रङ्गशालामा हुने आजको खेल साँझ ५ बजे सुरु हुनेछ।

हालसम्म ३ खेल खेलेको चितवनले १ खेलमा मात्रै जित हात पारेको छ। आज आफ्नो चौथो खेलमा चितवन दोस्रो जितको खोजीमा रहने छ। गोल अन्तरको आधारमा ४ अङ्कसहित चितवन तालिकाको पाँचौ स्थानमा रहेको छ।

यस्तै समान ३ खेल खेलेको बुटवल लुम्बिनीले पनि एक खेलमा जित हात पारेको छ। तर, गोल अन्तरको आधारमा ३ अङ्कसहित लुम्बिनी तालिकाको सातौँ स्थानमा रहेको छ। आज आफ्नो चौथो खेल खेल्न लागेको बुटवल पनि दोस्रो जितको खोजीमा मैदान उत्रने छ।

प्रकाशित: २१ मंसिर २०८० ०२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App