२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

स्वर्णिम क्वार्टर फाइनलमा

स्वर्णिम नवौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ मंगलबार क्वार्टर फाइनलमा प्रवेश गरेको छ।

स्युचाटारस्थित आयोजक रेडियन्ट पब्लिकको कोर्टमा स्वर्णिमले साईनिलयमलाई १०–६ ले पराजित गर्‍यो।स्वर्णिमकी नितिशा महर्जनले ५ अंक जोडिन्। जुनियर ब्वाइजमाआयोजक रेडियन्टले साईनिलयमलाई १९–४, इडेन ब्रिज एकेडेम (इबिए) ले पिपुल्स एकेडेमीलाई २२–४ र श्रृजना ज्ञान सागरले रेडियन्ट रिडर्सलाई २०–६ ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे। रेडियन्टका अर्नभजंगकार्कीले ७, इबिएका आदित्य श्रेष्ठले ९ र श्रृजना ज्ञान सागरका प्रिमल तामाङले ९ स्कोर गरे।  

सोही स्पर्धाको लिग खेलमा ग्रिनफिल्डले ग्रिनलन्सलाई २३–३ ले पाखा लगायो। ग्रिनफिल्डका लागि रिसन तामाङले ७अंक जोडे।सिनियर ब्वाइजमा ग्रिनफिल्डले स्किब्सलाई ३५–४, जेनिथले केभिसीलाई ४१–१६, रेडियन्ट पब्लिकले रेडियन्ट रिडर्सलाई ४३–२२ र पिपुल्सले विस्डमलाई ३४–१२ ले पन्छाउँदै प्रिक्वार्टर फाइनल यात्रा तय गरे। ग्रिनफिल्डका पुजन उप्रेतीले ११, जेनिथका अनिश गुरुङले ८, रेडियन्टका सन्तोष शर्माले १६ र पिपुल्सका सरोज न्यौपानेले १० स्कोर गरे।

प्रकाशित: १३ मंसिर २०८० ०२:०४ बुधबार