२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

आईसीसी विश्वकप क्रिकेटः नेदरल्यान्ड्समाथि भारतको शानदार जित

आईसीसी एकदिवसीय विश्वकपमा भारतले नेदरल्याण्ड्समाथि शानदार जित हात पारेको छ। गयराति समूह चरणको अन्तिम खेलमा भारतले नेदरल्याण्ड्सलाई १ सय ६० रनले हराउँदै शानदार जित हात पारेको हो।  

जितसँगै भारतीय टिम समूह चरणका ९ वटै खेलमा जित निकाल्ने एक्लो टिम पनि बनेको छ। 

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभर खेल्दै जम्मा ४ विकेटको क्षतिमा  ४ सय १० रन बनायो। ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्याण्डले कमजोर प्रदर्शन गर्यो।  

निर्धारित ५० ओभरमा ४७ दशमलव ५ ओभर खेल्दै २ सय ५० रनमा समेटियो।  

भारतका जसप्रीत बुमराह, मोहम्मद सिराज, कुलदीप यादव र रविन्द्र जडेजाले समान दुई दुई विकेट लिएका थिए । विराट कोहली र रोहित शर्माले समेत एक एक विकेट हात पारेका थिए ।

सुरुआती ब्याटिङ गरेको भारतका लागि श्रेयश अय्यर र केएल राहुलले शतकिय इनिङ्स खेल्दै ४ सय १० रन जोडेका थिए ।

भारतले अब फाइनल प्रवेशका लागि बुधवार न्युजिल्याण्डसँग खेल्नेछ ।

प्रकाशित: २७ कार्तिक २०८० ०३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App