१० असार २०८१ सोमबार
image/svg+xml
खेल

विश्वकप क्रिकेटः दक्षिण अफ्रिका र अफगानिस्तानबिच खेल जारी ,अफगानिस्तान पहिला व्याटिङ गर्दै

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत अहिले दक्षिण अफ्रिका र अफगानिस्तानबिच खेल भईरहेको छ।भारतको अहमदावादमा जारी यो खेलमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ राजेको छ।  

ताजास्थीतीमा अफगानिस्तानले ६ ओभरमा कुनै विकेट नगुमाई २५रन बनाएको छ।

जारी लिगमा दुवैको यो अन्तिम अर्थात नबौ खेल हो। दक्षिण अफ्रिाका यस अघिका ६ खेल जितेर सेमिफाइनलमा पुगिसकेको छ भने अफगानिस्तान आजको खेल जितेर १० अंक बटुलेर सेमिफाइनलमा पुग्ने सोचमा रहेको छ ।अफगानिस्तान र दक्षिण अफ्रिकाबिच एक दिवसीय क्रिकेटमा अहिले सम्म १ पटक मात्र प्रतिस्पर्धा भएको छ। जसमा दक्षिणअफ्रिका बिजयी भएको छ।

अफगानिस्तान र पाकिस्तान दुबै टोलीको ८/ ८ अंक रहेको छ। पाकिस्तानले अन्तिम खेल इग्ल्याण्डसंग  खेल्न बाँकी रहेको छ। रन रेटमा पाकिस्तान पछि अफगानिस्तान रहेको छ। न्युजिल्याडले ९ खेलबाट १० अंक पाएको छ । न्युजिल्याण्ड भन्दा पाकिस्तान र अफगानिस्तान  रन रेटमा पछि छन।सेमिफाइनलमा पुग्न अफगास्तिानले आज दक्षिण अफ्रिकालाई ठूलो अन्तरले हराउनु पर्दछ।त्यसैगरी पाकिस्तानले पनि इग्ल्याण्डलाई ठूलो अन्तरले हराए मात्र न्युजिल्याण्डलाईपछि पार्दै सेमिफाइनलमा स्थान बनाउनेछ। 

प्रकाशित: २४ कार्तिक २०८० ०८:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App