१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

विश्वकप क्रिकेटः न्युजिल्यान्डविरुद्ध श्रीलङ्काले १७१ रन बनायो

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत न्युजिल्यान्डविरुद्ध श्रीलङ्काले १७१ रन बनाएको छ।

बैङ्गलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा भएको यो खेलमा न्युजिल्यान्डले टस जितेर श्रीलङ्कालाई पहिला व्याटिङ  गर्न लगाएपछि श्रीलंकाले ४६ दशमलब ४ ओभरमा १७१ रन बनाउँदा सबै विकेट गुमायो।  

श्रीलंकाका लागि सबै भन्दा वढि कुसल परेराले  २८ बलमा  ९ चौका र  २ छक्कासहित  ५१ रन बनाए।त्यसैगरी महीश थीक्षणाले आउट नभई  ३८ रन बनाए । धनंजय डीसिल्वा  र दिलशान मदुशंकाले १९ /१९ रन तथा एंजलो मैथ्यूज़ १६ रन बनाउनु बाहेक बाँकी कसैले दोहोरो अंकमा रन जोड्न सकेनन्।

श्रीलंकालाई १७१ रनमा सिमित राख्न न्युजिल्याण्डका ट्रेंट बोल्टले  १० ओभरमा  ३ मेडन ओभर राख्दै ३७ रन खर्चेर ३ विकेट लिए।त्यसैगरी लॉकी फ़र्ग्युस , मिचेल सैंटनर र चिन रविंद्रले दुई दुई  विकेट लिए । टिम साउदीले एक जनालाई आउट गरे।

अङ्क तालिकाको चौथो स्थानमा रहेको न्युजिल्यान्ड आजको खेलमा जित हात पार्दै सेमिफाइनलमा स्थान बनाउने सम्भावनालाई थप बलियो बनाउने लक्ष्यसहित मैदान उत्रको छ।

केन विलियमसनको कप्तानीमा रहेको न्युजिल्यान्डले हालसम्म ८ खेल खेलेको छ। जसमा ६ मा जित हात पारेको छ। समान ८ खेल खेलेको श्रीलङ्काले भने जम्मा २ मा जित हात पार्न सकेको छ। र,अङ्क तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ।

प्रकाशित: २३ कार्तिक २०८० १२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App