१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको उपाधि ओमानलाई

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको उपाधि ओमानलाईसुपर ओभरमा नेपाललाई नेपाललाई हराउँदै ओमानले आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको उपाधि जितेको छ।

कीर्तिपुर क्रिकेट मैदानमा आज भएको खेलमा यस अघि नेपालले दिएको विजयी लक्ष्य १८५ रन बनाउन नसकी १८४ रनमा ओमान समेटिएपछि खेलको निर्णय सुपर ओभरबाट गर्नु परेको हो।

सुपर ओभरमा ओमानले पहिला ब्याटिङ गर्दै कुनै विकेट नगुमाई २१ रन बनायो।जवाफमा नेपाले १ विकेटको नोक्सानीमा जम्मा १० रन मात्र बनाउन सक्यो र उपाधि चुम्नबाट वञ्चित भयो।

सुपर ओभरमा नेपालका अविनाश बोहरा बलिङ गर्न तयार भए । ओमानले अकिब इल्यास रन सिम खुसीलार्ई ब्याटिङ गर्न पठायो।

सुपर ओभरमा नेपालका बलर अविनाश बोहराले पहिलो बलमा ओमानका अकिब इल्यासविरुद्ध बलिङ गर्दै १ रन खर्चे।बोहराको दोस्रो बलमा ओमानका नसिम खुसीले छक्का प्रहार गरे । त्यसैसगरी अविनाश बोहराले तेस्रो बलमा कुनै रन दिएनन्।

बोहराको चौथो बलमा फेरी  नसिम खुसीले छक्का  नै हाने । चार बलमा ओमानले १३  रन बनायो । पाँचौ बलमा अविनाशले वाइड फालेर एक अतिरिक्त रन दिए । फेरी पाँचौ बलमा पनि  नसिम खुसीले छक्का नै प्रहार गरेर २० रन बनाए ।अन्तिम बलमा बोहराले १ रन खर्चे । सुपर ओभरमा ओमानले २१ रन बनायो। नेपाललाई जितको लागि २२ रन चाहिने भयो। नेपालको ब्याटिङ लाइनमा कुसल भुर्तेल  र गुल्सन झा आए।ओमानका तर्फबाट बिलाल खानले  बलिङ गरे।

जितको लागि २२ रन पछ्याएको नेपाललाई पहिलो बल देखि नै रन बनाउनु पर्ने दवाब रह्यो । पहिलो बलमै कुसल भुर्तेल क्याच आउट भए। लगतै कुसल मल्ल ब्याटिङ गर्न मैदान छिरे ।  कुसलले फेस गरेको पहिलो बलमा कुनै रन बनाउन सकेनन्।

तेस्रो बलमा कुसल मल्लले एक रन मात्र जोडे । चौथो बलमा गुल्सन झाले एक रन बनाए । नेपालले चार बलमा चार रन मात्र बनायो।बाँकी दुई बलमा नेपाललाई जितको लागि अझै १८ रन बनाउनु पर्ने भयो । पाँचौ र छैठौ बलमा कुसल मल्लले लगातार चौका ठोकेर ८ रन जोडे पनि जितको लागि पर्याप्त भएन । सुपर ओभरमा नेपाल ओमानसँग हार्न पुग्यो र उपाधिबाट वञ्चित हुन पुग्यो। 

यस अघि  जितको लागि १ सय ८५ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनायो।त्यसपछि खेल सुपर ओभरमा पुगेको हो । नेपाललाई जितको लागि अन्तिम ६ बलमा ८ रन रोक्नु पर्ने थियो।अन्तिम ओभरमा सन्दीप लामिछाने बलिङमा आए।

सन्दीपले ७ रन दिँदै दुई क्याच आउट र एक रन आउट सहित कुल ३ विकेट लिएपछि खेल सुपर ओभरमा गएको हो ।  सन्दीपले पहिलो बल मोहम्मद नदीमलाई एक रन दिँदा दोस्रो बलमा आयन खानलाई कप्तान रोहित पौडेलबाट क्याच आउट गराए।

तेस्रो बलमा सन्दीपले सकिल अहमद लाई अविनाश बोहराबाट क्याच आउट गराए  ।  तीन बलमा ओमानलाई जितको लागि ७ रन चाहिँएको थियो।चौथो बलमा फयाज बटले एक रन लिए । अन्तिम दुई बलमा ६ रन चाहिँएको थियो।पाँचौँ बलमा ओमानले चार रन बनायो।

अन्तिम बलमा जितको लागि दुई रन चाहिए पनि ओमानले एक रन मात्र बटुलेपछि खेल सुपर ओभर गएको हो।

यस अघि नियमीत ओभरमा ओमानका लागि सबै भन्दा वढि कश्याप प्रजापतिले ५२ बलमा ३ चौका र ४ छक्कासहित  ६३ रन बनाए।अकिब इल्यासले १९ बलमा २ चौका र ३ छक्कासहित ३३ रन बनाए।कप्तान जिशान मकसुदले १८ बलमा २ चौका र १ छक्कासहित २६ रनबनाए।

नेपालका सन्दीप लामिछानेले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए।करण केसीले २ ओभरमा ३० रन खर्चेर २ विकेट नै लिए।नेपालका सोमपाल कामीले ३ ओभरमा ३७ रन खर्चेर १ विकेट लिए । गुलशन झाले २ ओभरमा १६ रन खर्चेर १ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए ।

यस अघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो । नेपालका गुलशन झाले २५ बलमा ५ चौका र ४ छक्कासहित सबै भन्दा वढि ५४ रन बनाए। कप्तान रोहित पौडेल ३७ बलमा ५ चौका र २ छक्कासहित ५२ रनमा अविजित रहे। करण केसीले ६ बलमा १ चौका र २ छक्कासहित २० रन बनाए।

ओमानका बिलाल खानले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । जिशान मकसुदले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए । अकिब इल्यासले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए। 

नेपालले समूह चरणमा सिंगापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो । ओमानसँग भने नेपाल ५ रनले पराजित भएको थियो।

नेपालले सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै सन २०१४ पछि पहिलो पटक टि२० विश्वकपमा स्थान बनाएको छ।ओमानले समूह चरणमा सबै खेल जित्दै उपाधि हातसँगै टि२० विश्वकपमा स्थान बनाएको छ।

सेमिफाइनलमा बहराइनलाई १० विकेटले हराउँदै विश्वकपमा स्थान बनाइ सकेका ओमानले यस अघि सन २०१६र सन् २०२१ मा पनि विश्वकपमा स्थान बनाएको थियो।

प्रकाशित: १९ कार्तिक २०८० ०८:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App