२७ श्रावण २०७७ मंगलबार

ओमानबाट आए नेपाली

कोभिड १९ का कारण विभिन्न समस्यामा परेका नेपालीको उद्धार गरिरहेको छ । ओमानबाट १४७ नेपाली सलाम एयरको विमान बाट आएका छन्। उक्त विमानबाट त्रिभुवन विमानस्थलमा उत्रिएर बसमा बसेर बाहिर आएका छन् ।

कोरोना जोखिमलाई हेर्दै ओमानमा दूतावासले नेपालीको विवरण संकलन सुरु

कोरोना भाइरस संक्रमणको जोखिमलाई हेर्दै नेपाली दूतावास ओमानले नेपालीहरुको विवरण संकलन सुरु गरेको छ। ओमानमा रहेका नेपालीहरुलाई नेपाली राजदूतावासको वेबसाईटमा आफ्नो विवरण दर्ता गराउन ओमानका लागि नेपाली राजदूत शर्मीला पराजुली ढकालले आग्रह गरिन्।

नेपालले ओमनलाई दियो २५० रनको लक्ष्य

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले ओमानलाई २५० रनको लक्ष्य दिएको छ। निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै नेपालले २४९ रन बनाएको हो। नेपालको तर्फबाट कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन बनाए।

सुल्तानको निधनमा ओमान पुगेर समवेदना दिए मन्त्री पुनले

उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले ओमानका सुल्तान कावुस विनतारिक विनताइमुर विनअल सइदको निधनप्रति नेपालका तर्फबाट ओमानको सरकार तथा त्यहाँका जनता प्रति समवेदना प्रकट गरेका छन्।

लामो समय शासन गरेका ओमानका शासकको निधन

अरब विश्वमा सबैभन्दा लामो समय शासन गर्ने शासकमध्येमा पर्ने ओमानका सुल्तान काबुस बिन सइद अल सइदको ७९ वर्षको उमेरमा निधन भएको छ।

ओमानसँगको श्रम सम्झौता अन्तिम चरणमा

सरकारले ओमानसँगको श्रम सम्झौतालाई अन्तिम चरणमा पु¥याएको छ। लामो समयदेखि श्रम सम्झौता गर्न खोजिएको ओमानसँग पटकपटकको छलफलपछि सहमति जुटेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश ढुंगानाले बताए।

सलामले दैनिक काठमाडौं–ओमान उडान भर्ने

गत वर्षदेखि नेपालमा उडान सुरु गरेको सलाम एयरले आगामि साताबाट दैनिक काठमाडौं–ओमान उडान भर्ने भएको छ। हप्तामा तीन दिन मात्र उडान गरिरहेको सलाममा यात्रुको चाप बढेपछि आगामि हप्तादेखि दैनिक उडान गर्न लागेको शनिवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी जानकारी गराएको हो।

नेपालले ट्वान्टी–२० क्रिकेट शृंखला खेल्ने पक्का

ओमानमा हुने पाँच राष्ट्रको ट्वान्टी–२० क्रिकेट शृंखलामा नेपालले सहभागिता जनाउने पक्का भएको छ । ओमानले आयोजना गर्ने शृंखलामा आयोजकसहित नेपाल, हङकङ, संयुक्त अरब इमिरेट्स (युएई), नेदरल्यान्ड्स र आयरल्यान्डले सहभागिता जनाउने पक्का भएको नेपाली क्रिकेट टोली व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए ।

नेपाल ओमनसँग भिड्दै

आईसीसी १९ विश्वकप एसिया छनोटमा नेपाल आज दोस्रो जितको खोजिमा ओमानसँग भिड्दै छ। खेल मलेसियाको एसटीसी मैदानमा हुने छ।

एएफसी यु–२३ च्याम्पियनसिप छनोट : ओमानसँग नेपाल स्तब्ध

नेपाल एएफसी यु–२३ च्याम्पियनसिपको छनोटअन्तर्गतको पहिलो खेलमा ओमनसँग १–० ले स्तब्ध भएको छ। शुक्रबार कतारको दोहा स्पोर्ट्स सिटीको एस्पायर–४ मैदानमा समूह ‘ए’ को नेपालले ओमनसँगको हारबाट छनोट चरणको सुरुआत गरेको छ।

युएई र ओमानसँग एमओयू अन्तिम चरणमा

रोजगारीका प्रमुखमध्येका दुई गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) र ओमानसँगको श्रम समझदारी (एमओयू) अन्तिम चरणमा पुगेको छ।  युएईसँगको एमओयू परिमार्जनसहित नवीकरण गर्न र ओमानसँग पहिलोपटक एमओयू गर्न लागिएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा युएई र ओमान पुगेको टोलीले एमओयूमा समेटिनुपर्ने विषयवस्तु लगभग टुंगो लगाएको छ।

नेपालको पहिलो प्रतिद्वन्द्वी ओमान

मलेसियामा एक महिनापछि हुने एसिया कप २०१८ को छनोटमा नेपालले ओमानविरुद्ध खेल्दै प्रतियोगिताको शुरुआत गर्ने भएको छ।

ओमानबाट ११ नेपालीको उद्धार

वैदेशिक रोजगारीको लागि ओमन पुगेका ११ जना नेपालीलाई उद्धार गरिएको छ। नेपाली राजदूतावास ओमनले सम्झौता बमोजिमको सुविधा नपाएर दुःख पाएका ११ जनाको उद्धार गरेर नेपाल पठाएको हो। उनीहरुले दूतावाससँग नेपाल फर्किनको निमित्त सहयोग मागेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्