२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

विश्वकप क्रिकेटः श्रीलङ्काले इग्ल्याण्डलाई ८ विकेटले हरायो

विश्वकप क्रिकेटमा श्रीलङ्काले इग्ल्याण्डलाई हराएको छ।  

भारतको बैङ्गलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा आज सम्पन्न खेलमा श्रीलङ्काले इग्ल्याण्डललाई ८ विकेटबाट हराएको हो।

यस अघि इग्ल्याण्डलले टस जितेर पहिला व्याटिङ गर्दै ३३ दशमलब २ ओभरमा  सबै विकेट गुमाएर १५६ रन बनाएको थियो।  

१५७ रनको झिनो लक्ष्य श्रीलंकाले २५  दशमलब ४ ओभरमा  २ विकेट गुमाएर पुरा गर्यो र महत्वपूर्ण खेल जित्यो।  

श्रीलंकाको लागि पथुम निसंकाले ७७ रन तथा सदीरा समराविक्रमाले ६५रन बनाए।कप्तान कुसल मेंडिस ११ रनमा तथा  कुसल परेरा ४ रनमा आउट भए।  

इङ्ल्याण्डका लागि दुवै विकेट डेविड विलीले लिएका हुन।  

यस अघि इङ्ल्याण्डको पालीमा  बेन स्टोक्स ४३ रनमा, जॉनी बेयरस्टो  ३० रनमा,  डाविड मलान २८ रनमा , जो रूट  ३ रनमा तथा   लियम लिविंगस्टन १ रनमा आउट भए। त्यसैगरी कप्तान जॉस बटलर ८ रनमा, मोईन अली १५ रनमा, डेविड विली १४ रनमा आदिल रशीद २ रनमा तथा मार्क वुड ५ रनमा आउट भए।

श्रीलंकाको लागि लाहिरू कुमाराले ३ विकेट तथा कसुन रजिता र एंजलो मैथ्यूज दुई दुई विकेट लिए।

साविक विजेता इङ्ल्यान्डले जारी सिजनमा खराव प्रदर्शन गर्दै ५ खेलमा जम्मा १ खेलमा  मात्रै जित हात पारेको छ र अङ्क तालिकाको नवौ स्थानमा रहेको छ।आज इग्ल्याण्डलाई हराएपछि श्रीलंका ५ खेलबाट २ मा जित सहित ४ अंक पाएर तालिकाको पाँचौ स्थानमा उक्लेको छ।  

प्रकाशित: ९ कार्तिक २०८० १३:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App