१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

विश्वकप क्रिकेटः श्रीलङ्काले इङ्ल्यान्डको ५ विकेट झार्यो

विश्वकप क्रिकेटमा श्रीलङ्काले इङ्ल्यान्डको ५ विकेट लिन सफल भएको छ।

भारतको बैङ्गलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा दिउँसो २ः१५ बजे सुरु भएको यो खेलमा  इङ्ल्यान्डले टस जितेर पहिला व्याटिङ रोज्दै कमजोर सुरुवात गरेको छ  ।  

१७ दशमलब १ ओभर भित्र इग्ल्याण्डले ५ विकेट गुमाई सकेको छ । इग्ल्याण्डले ५ विकेट गुमाउँदा ८५ रन मात्र बनाउन सकेको छ।  

इग्ल्यान्डले पहिलो विकेट ६ दशमलब ३ ओभरमा ४५ रन हुँदा गुमाएको हो । इग्ल्याण्डले दोस्रो विकेट  ९ ओभर ४ बलमा ५९ रन हुँदा गुमाएको छ ।तेस्रो विकेट १३ दशमलब २ ओभरमा ६८ रन हुँदा गुमायो भने चौथो विकेट १४ दशमलब ५ ओभरमा ७७ रन हुँदा गुमाएको हो।  

इङ्ल्यान्डका डाविड मलान २८ रन बनाएर एंजलो मैथ्यूजको बलमा आउट भएका छन ।  दोस्रो विकेटको रुपमा जो रूट  ३ रन बनाउँदा रन आउट हुन पुगे । तेस्रो विकेटको रुपमा जॉनी बेयरस्टो  ३० रनमा चौथो विकेटको रुपमा जॉस बटलर ८ रनमा तथा पाँचौ विकेट लियम लिविंगस्टन १ रनमा आउट भएका छन ।  

ताजास्थीतीमा इङ्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाएर ८८ रन बनाएको छ ।  

साविक विजेता इङ्ल्यान्ड जोस बटलरको कप्तानीमा मैदान उत्रदा श्रीलङ्का कुशल मेन्डिसको कप्तानीमा मैदान उत्रेको  छ।  

साविक विजेता इङ्ल्यान्डले जारी सिजनको खेलमा खासै राम्रो प्रदर्शन गरेको छैन। हालसम्म ४ खेल खेलेको इङ्ल्यान्डले १ मा मात्रै जित हात पारेको छ र अङ्क तालिकाको पुछारबाट तेस्रो स्थानमा रहेको छ।

 

यस्तै श्रीलङ्काले पनि जारी प्रतियोगितामा कमजोर प्रदर्शन गर्दै आएको छ। समान ४ खेल खेलेको श्रीलङ्काले १ मा मात्रै जित हात पारेको छ। तर, रनरेटको आधारमा भने श्रीलङ्का अङ्क तालिकाको पुछारबाट चौथो स्थानमा रहेको छ।

प्रकाशित: ९ कार्तिक २०८० १०:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App