३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

त्रिकोणात्मक टी २०: हङकङसँग हारे पनि यूएई फाइनलमा

त्रिकोणात्मक टी२० श्रृंखलामा हङकङले यूएईलाई हराएको छ।आज मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा हङकङले यूएईलाई ६९ रनले हराएको हो।आजको खेल हारेपनि रन रेटका आधारमा हङकङलाई पछि पार्दै यूएईले नेपालसँग फाइनल खेल पक्का गरेको छ।

श्रृंखलामा पहिलो जितसँगै हङकङले पनि २ रन जोडेको थियो। तर रन रेटका आधारमा समान २ अंक जोडेको यूएई फाइनलमा पुगेको छ। आज यूएईलाई १३४ भन्दा कम रनमा रोक्न सकेको भए हङकङ रनरेटमा माथि हुँदै फाइनल पुग्ने थियो।

अब यूएईले नेपालसँग पर्सि शुक्रबार किर्तिपुर मैदानमा फाइनल खेल्नेछ।  

यस अघि टस जितेर पहिलो ब्याटिङ गरेको हङकङले मार्टिन कोट्जीको ८६ रनको मद्दतमा निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २१२ रन बनाएको थियो ।जवाफमा यूएईले २० ओभरमा पाँच विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो  र खेल ६९ रनले हार्न पुग्यो।  

प्रकाशित: ८ कार्तिक २०८० ११:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App