२५ असार २०८१ मंगलबार
image/svg+xml
खेल

समूह विजेता बन्दै नेपाल एसीसी यू–१९ प्रिमियर कपको सेमिफाइनलमा

नेपाल एसीसी यू–१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ।  

मलेसियामा जारी खेलमा नेपालले साउदी अरबलाई ३०१ रनको विशाल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो। नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। अब नेपालले सेमिफाइनलमा समूह ‘डी’ को विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ।

३४८ रनको विशाल लक्ष्य पछ्याएको साउदी अरब १९.१ ओभरमा ४६ रन बनाएर अलआउट भएको हो।

साउदीलाई सस्तैमा समेट्ने क्रममा नेपालका दिपेश कँडेलले ६, आकाश चन्दले २ र शुवास भण्डारीले एक विकेट लिए।

यसअघि मलेसियाको युएसडी–युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ८ विकेट गुमाएर ३४७ रनको विशाल योगफल बनाएको थियो।

प्रकाशित: २ कार्तिक २०८० ०७:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App