८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

‘साइकल प्लाङक ब्यालेन्स’ को उपाधि ११ वर्षीय मनिकलाई

विजयादशमीको अवसर पारेर कपिलवस्तुको बाणगंगा नगरपालिको राजापनीमा सम्पन्न साहसिक ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिताको दोस्रो संस्करण रुपन्देहीको बुटवलका ११ वर्षीय मनिक श्रेष्ठले जितेका छन्।

बुटवल उप महानगरपालिका– ३ गोलपार्कका उनले ५२ मिटरको दूरी १ मिनेट ५६ सेकेन्डमा पार गरी उपाधि जितेका हुन्।

एभरेष्ट बोडिङ स्कुलको कक्षा ६ मा अध्ययनरत श्रेष्ठलाई उपाधिसँगै ५० हजार नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो। गत वर्ष भएको पहिलो संस्करणमा उनले पाँचौँ स्थान हासिल गरेका थिए। ढिलो गरी ट्याक पार गर्नेलाई विजेता बनाउने नियम बनाइएको थियो। श्रेष्ठले ट्रेक पार गर्ने क्रममा कलात्मक तरिकाले ५० सेकेन्ड जति ट्याक्क मै साइकल रोकेर प्रतियोगिता जितेका हुन्।

धरानका अनीश तामाङले १ मिनेट २५ सेकेन्डमा पार गरी दोस्रो र तेस्रो स्थानमा शुभम् भट्टराई र सान्त्वना अरुण अर्याल रहेको लायन्स कल्ब अफ कपिलवस्तुका अध्यक्ष ओम प्रकाश घिमिरेले बताए।

विजेता श्रेष्ठले आफूले प्रतियोगिताकालागि तयारी गरेको बताए। उनलाई विद्यालयले पनि प्रतियोगितामा सहभागी हुन सहयोग गरेको थियो। साहसिक खेलमा १७३ जनाले नाम दर्ता गरेका थिए। एक भारतीयसहित ७४ जना सहभागी भएका थिए।

२४ जनाले निर्धारित दूरी पार गरेको खेल संयोजक विष्णु घिमिरेले बताए। पानी माथि ट्र्याक निर्माण गरी साइकल चलाएर निश्चित दूरी पार गरी खेलिने खेल गत वर्ष पहिलो पटक नेपालमा सञ्चालन भएको थियो।

नौ इन्च चौडाइ रहेको ५२ मिटर लामो ट्र्याकमा साइकल चलाएर खेलिएको थियो। प्राचीन कपिलवस्तुको पर्यटकीय विकासकालागि प्रतियोगिता गरिएको हो।

लायन्स क्लब अफ कपिलवस्तुको आयोजना र लियो क्लबको सह आयोजनामा प्रतियोगिता गरिएको हो। साइकल प्लाङक ब्यालेन्स (पानी माथि ट्र्याक बनाएर खेलिने खेल) खेलिन्छ। ट्र्याक माथि नै प्रतियोगीले साइकल चलाएर एक कुनाबाट अर्को कुना सम्म पार गर्नु पर्ने हुन्छ।

गत वर्षको प्रतियोगिता सशान्त थापाले जितेका थिए। प्रतियोगिता नेपाल बाहेकका सीमित देशहरुमा मात्र हुने गरेको आयोजकले जनाएको छ।

प्रकाशित: २७ आश्विन २०८० १३:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App