१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

नेपाललाई चौथो सफलता, सय रन बनाएका जयसवाल आउट

एसियन गेम्सको पुरुष क्रिकेटमा नेपाललाई चौथो सफलता भेटेको छ। सय रन बनाएका भारतका यशस्वी जयसवाललाई नेपालले आउट गरेको छ।

अविनाश बोहराको बलिंगमा दिपेन्द्रसिंह ऐरीले उनलाई आउट गरेका हुन्।

क्वार्टरफाइनल खेलमा पहिले ब्याटिङ गरिरहेको भारतको पहिलो नम्बरमा मैदान उत्रेका जयसवालले मात्र ४८ बलमा सय रन पुरा गरेका हुन्।  

उनले ८ चौका र ७ छक्काको सहयोगमा सय रन पुरा गरेका हुन्।  एसियन गेम्समा उनको पहिलो सेञ्चुरी हो।

भारतले हालसम्म १६ ओभर खेल्दै ४ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको छ।

प्रकाशित: १६ आश्विन २०८० ०२:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App