१३ पुस २०८२ आइतबार
image/svg+xml
खेल

१९औं एसियाडको महिला फुटबलमा नेपालले आज भियतनामसँग खेल्दै

१९औं एसियाड अन्तर्गत महिला फुटबलमा नेपालले आज भियतनामसँग पहिलो खेल खेल्दैछ।

चीनको हान्झाउमा भोलि औपचारिक उद्घाटन हुने १९औं एसियाड अन्तर्गत फुटबल, भलिबल र क्रिकेट खेलहरू यसअघि नै सुरु भइसकेका छन्। त्यसमा नेपालले आज महिला फुटबलमा प्रतिस्पर्धा गर्न लागेको हो।

समूह ‘डी’ मा रहेको नेपाल र भियतनामबीचको खेल वेन्जोउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा नेपाली समय अनुसार पौने १२ः४५ बजे सुरु हुनेछ। नेपाली महिला फुटबल टोलीले यसै गेममार्फत एसियन गेम्समा डेब्यु पनि गर्दैछ।  

पहिलो पटक एसियन गेम्स खेल्न लागेको नेपालले समूह चरणमै विश्व विजेता रहिसकेको जापानसहित भियतनाम र बङ्गलादेशसँग खेल्नेछ।

प्रकाशित: ५ आश्विन २०८० ०७:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App