२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एसिया कप क्रिकेटमा नेपालको सहभागीताको खुसीयालीमा दीप प्रज्वलन

एसिया कप क्रिकेटमा सहभागीताको खुसीयालीमा नेपाली क्रिकेटको ऐतिहासिक उपलब्धिको स्मरण गर्दै कपिलवस्तुको तौलिहवामा दीप प्रज्वलन गरिएको छ । नेपालले पहिलो पटक एसिया कप क्रिकेट खेल्न थालेको पूर्व सन्ध्यामा कपिलवस्तुको तौलिहवामा दीप प्रज्वलन गरिएको हो । 

कपिलवस्तु क्रिकेट संघको आयोजनामा प्रशासन चोकमा दीप प्रज्वलन गरिएको हो । संघका पदाधिकारी, खेलाडीहरू, लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेय, प्रजिअ शंकरहरी आचार्य, नगर प्रमुख सुदिप पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेश उपाध्याय र क्रिकेट संघका जिल्ला अध्यक्ष प्रकाश गैरेले खुसीयाली स्वरूप मैनवत्ती बालेर नेपाली टोलीको जितको कामना गरेका थिए । सो अवसरमा लुम्बिनी प्रदेशसभाका सदस्य सुधाकर पाण्डेयले नेपाली खेलाडीले एसिया कप खेल्नु खुसी र नेपालका लागि ऐतिहासिक क्षण भएको बताए । 

खेल क्षेत्र र खेलाडी प्रति राज्यको लगानी कम रहेको बताउँदै अब खेल क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताए । क्रिकेट खेलका लागि पूर्वाधारको कमी रहे पनि नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका कारण एसिया कपको अवसर जुरेको क्रिकेट संघका जिल्ला अध्यक्ष प्रकाश गैरेले बताए ।

 सन् २०२७ मा महिला अन्डर नाईन्टिन क्रिकेट वल्र्डकप नेपालमा हुने र खेलको आयोजना नेपाल क्रिकेट संघले गर्ने अध्यक्ष गैरेले बताए । राज्यले अब क्रिकेट खेललाई प्राथमिकता र बढवा दिने समय आएको संघका प्रदेश सदस्य पदमराज श्रेष्ठले बताए । नेपालले बुधवार एसिया कपको उद्घाटन खेलमा घरेलु टोली पाकिस्तानसँग खेल्दै डेब्यू गर्नेछ । नेपाल र पाकिस्तान बीचको खेल पाकिस्तानको मुल्तान रंगशालामा दिउँसो ३ः४५ मा सुरु हुनेछ । नेपाली टोलीले एसिया कपका विभिन्न खेल पाकिस्तान र श्रीलङ्कामा खेल्ने छ।

प्रकाशित: १२ भाद्र २०८० १५:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App