१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

अन्तरप्रदेश खेलकुद फागुनमा

प्रदेश खेलकुद विकास परिषद्, बाग्मती प्रदेशले अन्तरप्रदेश राष्ट्रिय खेलकुद फागुनमा आयोजना गर्ने भएको छ।

परिषद्का अध्यक्ष सामाजिक विकासमन्त्री कुमारी मोक्तानको अध्यक्षतामा काठमाडौंमा आइतबार बसेको बोर्ड बैठकले अन्तरप्रदेश राष्ट्रिय खेलकुद आगामी फागुन २४ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको हो। यद्यपि, परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले स्थान भने यकिन भइनसकेको बताए।

प्रतियोगितामा सात प्रदेशको सहभागिता रहनेछ। अन्तरप्रदेश राष्ट्रिय खेलकुदमा कम्तीमा १३ खेल समावेश गरिने भएको छ। दोस्रो बाग्मती प्रदेश खेलकुदमा समावेश १३ खेललाई समावेश गरिने सदस्यसचिव भण्डारीले जानकारी गराए।

दोस्रो बाग्मती प्रदेश खेलकुदमा एथलेटिक्स, पौडी, ब्याडमिन्टन, कराते, तेक्वान्दो, भलिबल, उसु, जुडो, आइटिएफ तेक्वान्दो, रग्बी, फुटबल, क्रिकेट र बक्सिङको प्रतिस्पर्धा भएको थियो।बैठकले बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड माघ मसान्तसम्म गर्ने निर्णय गरेको छ।

 त्यस्तै स्थानीय तह र जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड क्रमशः मंसिर र पुसमा सम्पन्न गर्ने गरी तयारी अगाडि बढाइने भएको  छ। बैठकमा गत आर्थिक वर्षको समीक्षा पनि भएको थियो।

प्रकाशित: ४ भाद्र २०८० ०१:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App