२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

मच्द्रिन्द्र र एनआरटीको फराकिलो जित

मच्छिन्द्र फुटबल क्लब र न्युरोड टिम(एनआरटी) ले जारी एन्फा यु–१६ युथ लिगमा सानदार विजयी सुरुआत गरेका छन्।

अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा भएको यु–१६ युथ लिगमा शनिबार भएका खेलमा मच्छिन्द्रले खुमलटार युवा क्लबलाई ६–१ र एनआरटीले विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि ५–१ को नतिजा निकाल्दै सानदार विजयी सुरुआत गरेका हुन्। ललितपुरको च्यासल फुटबल स्टेडियममा मच्छिन्द्रलाई रबाफिलो जित दिलाउन भुपेन्द्र धरला र सबिनय कटुवालले समान दुई गोल गरे। कबिर तामाङ र साङ्गे दोर्जेले एक गोल थपेपछि मच्छिन्द्रले फराकिलो जित आत्मसात ग¥यो। खुमलटारका लागि एलिक श्रेष्ठले एक गोल फर्काए।

भक्तपुरको सैनिक आवासीय महाविद्यालयमा शनिबार भएको अर्को खेलमा एनआरटीले घरेलु टोली आर्मीको पोस्टमा पाँच गोल ग¥यो। एनआरटीका लागि सन्तोष गोङ्बा एक्लैले पाँच गोल गर्दै आर्मीलाई फराकिलो हार बेहोर्न बाध्य बनाए। आर्मीका दीपक विकले एक गोल फर्काए। शनिबार नै भएका अन्य दुई खेलमा विभागीय टोली एपिएफ र फ्रेन्ड्स क्लबले पनि सुखद सुरुआत गरे। एपिएफले संकटामाथि २–१ को जित निकाल्यो। संकटाले खेलमा अग्रता बनाए पनि जोगाउन नसक्दा हार बेहोरेको हो।

संकटाका सौरव तामाङले खेलको १९औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। यद्यपि, दोस्रो हाफमा एपिएफले दुई गोल फर्काउँदै जित निकाल्यो। एपिएफका रोहित गोले र विकास बोहोराले समान एक गोल फर्काए। अर्जित तामाङको दुई गोल प्रेरणामा फ्रेन्ड्सले चर्च ब्वाइजमाथि २–० को जित निकालेको हो। अन्तिम पाँच मिनेट समालिन नसक्दा चर्च ब्वाइज हार बेहोर्न बाध्य भयो। कुल १० टोली सहभागी युथ लिगमा पहिलो चरणको खेल सम्पन्न भएका छन्।

पहिलो दिन शुक्रबारको खेलमा नेपाल पुलिस क्लबले मनाङ मस्र्याङ्दी क्लबलाई हराउँदै सुखद सुरुआत गरेको थियो। आगामी ६ महिनासम्म चल्ने लिगमा मनाङ र पुलिससहित एफसी खुमलटार, संकटा,आर्मी, एपिएफ, फ्रेन्ड्स, चर्च ब्वाइज, न्युरोड टिम र मच्छिन्द्र एफसीले प्रतिस्पर्धा गर्दै छन्। लिगका खेलहरू एन्फा कम्प्लेक्स, च्यासल स्टेडियम र नेपाल आर्मीको खेल मैदान सल्लाघारीमा हुनेछन्। 

प्रकाशित: ३१ असार २०८० ०२:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App