१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

सदस्यसचिवद्वारा प्रशिक्षण निरीक्षण

फाइल तस्वीर

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले १९औं एसियाली खेलकुदको तयारी प्रशिक्षणमा रहेका बक्सिङ र एथलेटिक्स खेलाडीको प्रशिक्षण आइतबार निरीक्षण गरेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सदस्यसचिव घिसिङले तयारी निरीक्षण गरेका हुन्। त्यस क्रममा सदस्यसचिव घिसिङले खेलाडीको प्रशिक्षण, खुराक, स्वास्थ्य अवस्था, वैदेशिक प्रशिक्षण, प्रशिक्षण स्थलको अवस्था, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता, खेलाडीको समस्यालगायतका विषयमा जानकारी लिँदै खेलाडीलाई कुनै अभाव हुन नदिने प्रतिबद्धता जनाए। यसअघि सदस्यसचिव घिसिङले असार ६ गते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा एसियाडको तयारी प्रशिक्षणमा रहेका तेक्वान्दो,  कराते र कुस्ती खेलको तयारी निरीक्षण गरेका थिए।

प्रकाशित: ११ असार २०८० ०२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App