१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

सुरज र उषा क्रस कन्ट्री माउन्टेन बाइक च्याम्पियन

सशस्त्र प्रहरी बलको एपिएफ क्लबका सुरज रानामगर र गोरखाकी उषा खनाल १८औं राष्ट्रिय क्रस कन्ट्री माउन्टेन बाइक च्याम्पियनसिपमा च्याम्पियन भएका छन्।

गोर्कर्णेश्वर नगर पालिकास्थित राष्ट्रिय सहिद स्मृति पार्कमा आइतबार सम्पन्न क्रस कन्ट्री माउन्टेन बाइक च्याम्पियनसिपमा एपिएफका सुरज पुरुषमा र उषा महिलामा च्याम्पियन भएका हुन्।

पुरुषतर्फको २० किलोमिटर दूरी सुरजले एक घण्टा १६ मिनेट ४४ सेकेन्डमा पूरा गरे। त्रिभुवन आर्मीका हिमाल टमाटा र नुवाकोटका कुमार तामाङ क्रमशः दोस्रो र तेस्रो भए। हिमालले एक घण्टा २० मिनेट २७ सेकेन्डमा र कुमारले एक घण्टा २१ मिनेट ९ सेकेन्डमा उक्त दूरी पूरा गरे। महिला, मास्टर र जुनियरका लागि १६ किलो मिटर दूरी तय गरिएको थियो।

सशस्त्र प्रहरी बलको एपिएफ क्लबका सुरज रानामगर र गोरखाकी उषा खनाल १८औं राष्ट्रिय क्रस कन्ट्री माउन्टेन बाइक च्याम्पियनसिपमा च्याम्पियन भएका छन्।

महिला इलिटमा गोरखाकी उषाले सफलता पाइन्। गोरखाकी उषाले एक घण्टा २५ मिनेट ५७ सेकेन्ड समय लगाइन्। प्युठानकी हुमी बुढा मगर र सुनसरीकी इन्द्रकला तामाङ दोस्रो भए।

 हुमीले एक घण्टा ३७ मिनेट २४ सेकेन्ड र इन्द्रकलाले एक घण्टा ४४ मिनेट ३१ सेकेन्ड समय लगाए। गोरखाकी उषा डाउनहिलमा पनि च्याम्पियन भइन्। नेपालमा सम्पन्न राष्ट्रिय माउन्टेन बाइक प्रतियोगितामा पहिलो पटक महिलामा उषा क्रस कन्ट्री र डाउनहिलको प्रतिस्पर्धामा विजेता बनेकी हुन्।

दुईवटा विधामा एउटै खेलाडीले जितेको यो नेपालको साइक्लिङ इतिहासमा नै पहिलो पटक हो। डाउनहिलको प्रतिस्पर्धा बुढानीलकण्ठ नगरपालिकास्थित तारेभीरबाट जगडोल जंगलमा भएको थियो। १.५ किलोमिटर दूरीको डाउनहिलमा उषा चार मिनेट २२ सेकेन्ड समय निकाल्दै च्याम्पियन भएकी हुन्।

आशा लिम्बु दोस्रो र सुजना प्रधान तेस्रो भइन्। आशाले पाँच मिनेट ५९ सेकेन्ड र सुजनाले सात मिनेट समय लगाए। यसै विधाको पुरुषमा राजेश मगर दुई मिनेट ५७ सेकेन्डसहित पहिलो भए।

महिला इलिटमा गोरखाकी उषाले सफलता पाइन्। गोरखाकी उषाले एक घण्टा २५ मिनेट ५७ सेकेन्ड समय लगाइन्। प्युठानकी हुमी बुढा मगर र सुनसरीकी इन्द्रकला तामाङ दोस्रो भए।

निरभ श्रेष्ठ तीन मिनेटसहित दोस्रो र काठमाडौंका प्रचित थापामगर तीन मिनेट २५ सेकेन्डसहित तेस्रो भए। जुनियरतर्फ उदयपुरका निमा शेर्पा, सन्जय राई र आश्विन खत्री शीर्ष तीन स्थानमा रहे। मेन मास्टरमा सिन्धुपाल्चोकको हर्क लामा पहिलो, खुबबहादुर मगर दोस्रो र विनोद ढकाल तेस्रो भए। प्रतियोगिताका विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले पुरस्कार वितरण गरेका थिए।

समापनमा नेपाल साइक्लिङ संघका अध्यक्ष गोपालसुन्दर लाल कक्षपति, उपाध्यक्ष सुदीप पौडेल, उपाध्यक्ष संघर्ष विष्ट र महासचिव रञ्जन राजभण्डारीलगायत उपस्थित थिए। 

प्रकाशित: ११ असार २०८० ०२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App