१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

थ्री स्टार जावलाखेल हराउँदै ए डिभिजनमै रहन सफल ,एपीएफ बी डिभिजनमा घटुवा

शहिद स्मारक ए डिभिजन लिग फुटबल  अन्तर्गत सिजनको अन्तिम खेलमा थ्री स्टार क्लब विजयी हुँदै ए डिभिजनमै रहन सफल भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज थ्री स्टारले जावलाखेल युथ क्लबलाई १ -० गोल अन्तरले हराएपछि ए डिभिजनमै रहन सफल भएको हो।  थ्री स्टार २६ खेलमा ३२ अंक जोडेर तालिकाको नवौ स्थान हासिल गर्न पनि सफल भयो।

आज थ्री स्टारको जितमा कप्तान बिक्रम लामाले ८३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन। यो गोलले थ्रिस्टार ए डिभिजनमै रहन सफल  भयो। थ्री स्टारको जितले विभागीय टोली एपीएफ क्लब भने ए डिभिजनबाट बी डिभिजनमा घटुवा भएको छ।

२०६२ सालबाट ए डिभिजन लिग खेलिरहेको एपीएफ पहिलो पटक बी डिभिजनमा घटुवा भएको हो।  

एपीएफ २६ खेलमा ३० अंक जोडेर १३ औं स्थानमा  रहे पछि  बी डिभिजनमा घटुवा भएको  हो। यस पाली एपीएफसंगै पहिलो पटक ए डिभिजन खेलेको खुमलटार युथ क्लब २६ खेलमा २७ अंक पाएर तालिकाको पुछारमा रहँदै बी डिभिजनमा घटुवा भएको  छ।  

प्रकाशित: २७ जेष्ठ २०८० १४:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App