१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

ए डिभिजन लिगः आज चार खेल

शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज चार खेल हुँदैछन्।लिगको १३औं चरण अन्तर्गत अन्तिम चार खेल हुन लागेका हुन्। जसमा दुई खेल दशरथ रंगशाला र दुई खेल एन्फा कम्प्लेक्स मैदानमा हुनेछ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साविक विजेता मच्छिन्द्र फुटबल क्लब र रोयल ब्लु सातदोबाटो युथ क्लवबीच प्रतिष्पर्धा हुनेछ। मच्छिन्द्र र सातदोबाटोबीचको खेल साँझ ६ बजे शुरु हुनेछ। रंगशालामै हिमालयन शेर्पा क्लव र त्रिभुवन आर्मी क्लवबीचको बाँकी खेल दिउँसो ४ः३० बजे शुरु हुनेछ। 

हिमालयन र आर्मीबीचको खेल शनिवार भारी वर्षा र चट्याङको कारण स्थगित भएको थियो। हिमालयन र आर्मीबीचको खेल ७१ औं मिनेटबाट शुरु हुनेछ। यस्तै एन्फा कम्प्लेक्समा चर्च ब्वाइज युनाईटेड र मनाङ मस्र्याङ्दी क्लवबीच प्रतिष्पर्धा हुनेछ। चर्च

ब्वाइज र मनाङबीचको खेल दिउँसो ३ः३० बजे शुरु हुनेछ। यस खेल शनिवार रंगशालामा हुने तय भएपनि भारी वर्षाका कारण स्थगित भएको थियो। एन्फा कम्प्लेक्समै संकटा क्लव र जावलाखेल युथ क्लवबीचको बाँकी खेल हुनेछ। संकटा र जावलाखेलबीचको बाँकी खेल दिउँसो १ बजे ५१ औं मिनेटबाट शुरु हुनेछ।

प्रकाशित: १७ वैशाख २०८० ०४:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App