सहिद स्मारक ए डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाईटेडले सातदोबाटो युथ क्लबलाई हराएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ भएको खेलमा चर्च ब्वाइजले सातदोबाटो युथ क्लबलाई २-१ गोल अन्तरले हराएको हो।चर्च ब्वाइजको लागि आशिष चौधरी र मिलन राईले एक एक गोल गरे।सातदोबाटोका लागि निरज चौधरीले एक गोल गरे।
चर्च ब्वाइजले १० खेलमा १८ अंक जोडेको छ।चर्च ब्वाइज दोस्रो स्थानमा उक्लिएको छ।सातदोबाटो १७ अंक जोडेर चौंथो स्थानमा झरेको छ।
प्रकाशित: ७ वैशाख २०८० १५:२५ बिहीबार





