२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

हङकङविरुद्ध नेपालको सहज जित

आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले  हङकङलाइ नौ विकेटले हराएको छ। जितका लागि १२१ रनको झिनो लक्ष्य नेपालले २२ ओभर एक बलमा पुरा गर्यो।यस प्रतियोगितमा नेपालको यो तेश्रो जित हो । नेपालले पहिलो खेलमा शुक्रबार सिंगापुरलाई र दोस्रो खेलमा शनिबार कुवेतलाई पराजित गरेको थियो।

नेपाललाई सहज जित दिलाउन आकाश त्रिपाठीले अविजित ६४ तथा उत्तम थापामगर पनि अविजित ३९ रन बनाए।  

नेपालका सुरुवाती व्याट्सम्यान अर्जुन कुमाल भने  १६ रन बनाएर आउट भए ।

युएईमा भएको खेलमा यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ४६.३ ओभरमा अलआउट हुदै १ सय २० रन बनाएको थियो ।हङकङका लागि पर्थ भागवात ३६ रनमा आउट हुँदा मोहम्मद जाहिरले २९ रन बनाए । अहान त्रिवेदीले ११ रन बनाए ।नेपालका लागि हेमन्त धामीले ३ तथा आकाश चन्द र सुवास भण्डारीले समान २/२ तथा दीपेश कंडेलले १ विकेट लिए । नेपालले मंगलबार मलेसिया र मार्च २ मा युएईसँग खेल्नेछ । ६ टोली सहभागी प्रतियोगितामा शीर्ष टोली आगमी वर्ष श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ । नेपाल र युएई प्रतियोगिता प्रमुख दाबेदार टोली हुन् । नेपाल र युएई दुबैले तीन खेलबाट ६ अंक पाएका छन । त्यसैगरी सिंगापुर र हङकङले दुई दुई अंक पाएका छन । रन रेटका आधारमा युएई पहिलो र  नेपाल दोश्रो स्थानमा रहेको छ । दुई खेल खेलेका मलेसिया र कुवेतले कुनै अंक पाएका छैनन ।

प्रकाशित: १५ फाल्गुन २०७९ १०:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App