coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

अन्तर नगर पुरुष खो खोको फाइनल खेल ठाकुरबाबा र कीर्तिपुरबिच हुने

भक्तपुर नगरपालिकाको आयोजनामा भएको अन्तर नगर पुरुष खो खोको प्रतियोगिताको उपाधिका लागि फाइनल खेल मंगलबार ठाकुरबाबा र कीर्तिपुर नगरपालिकाबिच हुने भएको छ। यस्तै तेस्रो स्थानका लागि धनगढी उपमहानगरपालिका र आयोजक भक्तपुर नगरपालिकाबिच मगलबार नै हुने भएको छ।

सोमबार भएको सेमिफाइनल खेलमा धनगढी उपमहानगरपालिकालाई हराउँदै ठाकुरबाबा नगरपालिका विजयी बनेको थियो। साथै भक्तपुर नगरपालिका बि लाई हराउँदै कीर्तिपुर नगरपालिकाले फाइनल यात्रा  तय गरेको थियो।

विजयी टोलीलाई सांसद प्रेम सुवालबाट पुरस्कार तथा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम तय गरिएको छ। प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई  १ लाख र तेस्रो हुनेलाई ५० हजार नगद पुरस्कार प्रदान गरिने छ। साथै प्रत्येक खेलमा सहभागी नगरपालिकाहरूलाई नगद ५ हजार पुरस्कारको व्यवस्था पनि गरिएको छ। खेल महेश्वरी खेल मैदान भक्तपुरमा हुने छ। 

भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता गर्दै आइरहेको छ। यस अन्तर्गत पहिलो वर्ष भलिबल, दोस्रो वर्ष कराँते, तेस्रो वर्ष एथ्लेटिक्स र चौथो वर्ष बुद्धिचाल प्रतियोगिता सफलताका साथ सम्पन्न गरेको थियो। त्यस अनुसार यो वर्ष खो खो प्रतियोगिता भएको हो। प्रतियोगिता फागुन ५ गतेदेखि सुरु भएको थियो। 

प्रकाशित: ८ फाल्गुन २०७९ १४:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App