१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

महिला साफ यु–२० टोली बुधवार बंगलादेश जाँदै

बंगलादेशको ढाकामा आयोजना हुने साफ यु–२० महिला च्याम्पियनसिपमा सहभागि हुने नेपाली महिला यु–२० टोलीलाई मंगलबार बिदाइ गरिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार मुख्यालमा एक कार्यक्रम आयोजना गरे महिला टोलीको बिदाई गरेको हो। फेब्रुअरी ३ तारिखदेखि ९ तारिखसम्म चल्ने प्रतियोगितामा चार राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। उपविजेता भन्दा माथि उक्लिन नसकेको नेपालले प्रतियोगितामा उपाधिको लक्ष्य लिएको छ। नेपाली टोलीका प्रशिक्षक यामप्रसाद गुरुङले तयारी राम्रो भएको बताए। उनले तयारीको सम्बन्धमा अवधि छोटो भएपनि अभ्यासका क्रममा खेलाडीको प्रदर्शनमा उल्लेख्य प्रदर्शन भएको भन्दै प्रतियोगितामा सुखद् नतिजा निकाल्नेमा आशावादी रहेको प्रतिक्रिया दिए। अघिल्ला संस्करणमा उपविजेतासम्म बनेको टोलीले यसपटक राम्रो गर्न दबाब भएको गुरुङले बताए।

नेपाली टोलीकी कप्तान प्रिती राईले पनि छोटो समयको तयारी राम्रो भएको र अभ्यास अनुसार खेल्न सके नेपाली टोलीले अपेक्षा अनुसारको नतिजा निकाल्ने बताइन्। प्रतियोगिताको तयारी विगतको भन्दा भिन्न र राम्रो भएको भन्दै राम्रो गर्नेमा आपूm आशावादी भएको उनले बताइन्। प्रतिस्पर्धी टोली भारत र बंगलादेशमा अनुभवि र यु–१७ विश्वकप खेलेका खेलाडी भएपनि नेपाली टोलीले स्वभाविक खेलबाट सुखद् नतिजाको लक्ष्य लिएको राईले बताइन्।

दक्षिण एशियाली राष्ट्रहरुको प्रतिष्ठित प्रतियोगिता साफ फुटबल अन्तर्गतगको महिला यु–२० को  चौथो संस्करण बंगलादेशको ढाकामा आयोजना हुँदैछ। फेब्रुअरी पहिलो साताबाट आयोजना हुने प्रतियोगितामा आयोजक बंगलादेशसहित भारत, भुटान र नेपालले सहभागिता जनाउँदैछन्।  

प्रकाशित: १७ माघ २०७९ १२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App