६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

१९९० पछि सिरी ‘ए’ जित्ने लक्ष्यमा नेपोली

युभेन्टसमाथि ५-१ को जितसँगै नेपोलीले सन् १९९० पछि पहिलोपटक इटालियन सिरी ‘ए’ को उपाधि जित्ने लक्ष्यलाई थप बलियो पारेको छ।

शुक्रबार युभेन्टसमाथि निकालेको सहज जितपछि नेपोलीले सिरी ‘ए’ को शीर्ष स्थानमा १० अंकको अग्रता लिएको छ। शीर्ष स्थानको नेपोलीको १८ खेलबाट ४७ अंक छ भने दोस्रो स्थानको एसी मिलान र तेस्रो स्थानको युभेन्टसको १७ खेलमा समान ३७ अंक छ। चौथो स्थानको इन्टर मिलानको ३४ अंक र पाँचौं स्थानको लाजियोको ३१ अंक छ।

नेपोलीले १९८७ र १९९० मा गरी दुई पटक सिरी ‘ए’ जितेको छ। त्यो समयमा नेपोलीका लागि अर्जेन्टिनाका स्ट्राइकर डिएगो म्याराडोना उच्च लयमा थिए। मासिमिलियानो एलेग्रीको टोलीविरुद्ध लुसानियो स्पालेट्टीको टोली खेलको सुरुआतबाटै हाबी भएको थियो। १४औं मिनेटमा भिक्टर ओसिहेमले गरेको गोलमा नेपोलीले अग्रता लियो।

३९औं मिनेटमा केभिचा काभास्केइलाले गोल गर्दै नेपोली अग्रता दोब्बर पारे। ४२औं मिनेटमा एन्जेल डी मारियाको गोलमा युभेन्टसले खेलमा फर्कने संकेत गरेको थियो। ५५औं मिनेटमा रहामानीले नेपोलीका लागि तेस्रो गोल गरे। ४५औं मिनेटमा ओसिहेमले गोल गर्दै नेपोलीको अग्रता ४–१ मा पु¥याए। जारी सिजन उनको यो १२औं गोल हो।

७२औं मिनेटमा एल्जिज इल्माले गरेको गोलमा नेपोलीले सहज जित पक्का गरेको हो। नेपोली ३३ वर्षपछि सिरी ‘ए’ को उपाधि जित्न चाहन्छ। गत सिजन नेपोलीले तेस्रो स्थानमा बस्दै सिजनको अन्त्य गरेको थियो।

‘हामी जारी सिजन उत्कृष्ट लयमा छौं,’ओसिहेमले भने, ‘टोलीले निरन्तर स्वाभाविक लय कायम राख्दा निकै खुसी छौं। हामीले अझ लामो यात्रा तय गर्न बाँकी छ। अहिले नै धेरै उत्साही हुनु टोलीका लागि घातक हुन सक्छ। हामीले यो लय सिजनको अन्तिम खेलसम्म कायम राख्नुपर्छ। हामी उपाधिको प्रबल दाबेदार हौं, तर उपाधि पक्का भैसकेको भने छैन।’

यता सबैखाले प्रतियोगिता गरी लगातार आठ खेल जितेको युभेन्टसको जित यात्रामा लज्जास्पद हारसँगै पूर्णविराम लागेको छ। सन् १९९३ मे पछि युभेन्टसले सिरी ‘ए’ को कुनै पनि खेल पाँच गोलअन्तरमा हारेको यो पहिलो पटक हो।

प्रकाशित: १ माघ २०७९ ००:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App