१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

मार्टिनेजको हाउभाउको आलोचना

 इङ्लिस प्रिमियर लिग फुटबल क्लब क्रिस्टल प्यालेसका प्रशिक्षक प्याट्रिक भिएराले अर्जेन्टिनाका गोलकिपर इमालियानो मार्टिनेजको शारीरिक हाउभाउको खुसीयालीले विश्वकपको फाइनल विवादित बनाएको बताएका छन्। १९९८ मा फ्रान्सले विश्वकप जित्दाका सदस्य भिएराले मार्टिनेजको उक्त खुसीयाली सबैका लागि खल्लो भएको बताएका हुन्। खुसीयाली मनाउने क्रममा खराब खुसीयालीले गलत अर्थ लाग्ने भन्दै आलोचना गरेका हुन्।  

‘अर्जेन्टिनाका गोलकिपरले खुसीयाली मनाएको दृश्य अलि अशोभनीय रह्यो। अर्जेन्टिनाले उपाधि उचाल्दा उसका लागि ठूलो उपलब्धि थियो। तर गोलकिपरको खुसीयाली भिन्न रह्यो,’ क्रिस्टल प्यालेका प्रशिक्षक भिएराले फुलह्यासमसँग हुने खेलअघिको पत्रकार सम्मेलनमा भने, ‘उनको त्यो खुसीयाली आवश्यक थिएन। खुसीयाली मनाउने क्रममा कुनै समय खराब खुसीयालीले गलत अर्थ लाग्छ। बढी भावुक हुन पनि राम्रो रहँदैन।’

एस्टन भिल्लाका गोलकिपर मार्टिनेज अर्को साता बर्मिङ्घममा फर्किंदै छन्। उनी प्रशिक्षक युनेई इम्रेसँग फर्किन लागेका हुन्। उनकै प्रशिक्षक इम्रेले भावुक हुँदा कहिलेकाहीं खुसीयाली साट्न विचार गर्नुपर्ने प्रतिक्रिया दिए। यस्तै फ्रान्सका खेलकुद मन्त्रीले पनि मार्टिनेजको खुसीयालीलाई आलोचना गरेका थिए। अपाच्य किसिमको खुसीयाली भन्दै फ्रान्सका खेलकुद मन्त्रीले आमिली औडिया कास्टेरेनाले आलोचना गरेका हुन्।  

अर्जेन्टिनाले विश्वकपको उपाधि उचाल्दा मार्टिनेज नायक बनेका थिए। निर्धारित र अतिरिक्त समय दुवै तर्फबाट ३–३ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। टाइब्रेकरमा मार्टिनेजले एक पेनाल्टी रोक्दा फ्रान्सको एक पेनाल्टी खेर गएको थियो भने अर्जेन्टिनाका सबै खेलाडीले पेनाल्टी अवसरलाई सदुपयोग गर्दंै उपाधि उचाल्न सफल भएको थियो। फ्रान्सलाई हराएर उपाधि उचालेको अर्जेन्टिनाले १९८६ पछि उपाधि उचालेको हो।  

प्रकाशित: ११ पुस २०७९ ०२:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App