२१ पुस २०८२ सोमबार
image/svg+xml
समाज

तीन दिनदेखि हराएका युवक मृत फेला

मृत फेला परेका भिम कुवर ।

तीन दिनदेखि सम्पर्कविहीन युवक मृत फेला परेका छन् । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटा (केलियो होटल टोल) बस्ने २९ वर्षीय भिम कुवर जंगलमा मृत फेला परेका हुन ।  

गत शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन कुवरलाई खोजतलास गर्ने क्रममा शिवराज नगरपालिका–१ बनकस नजिकैको जंगलमा मृत फेला पारेको प्रहरीले जनाएको छ ।  

सडकबाट करिब सय मिटर भित्र झुण्डिएको अवस्थामा मृत भेटिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: १६ भाद्र २०८२ १८:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App