१० भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

प्रधानमन्त्रीलाई ‘सिध्याइदिन्छु’ भनी धम्की दिने युवक पक्राउ

प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका-९ घर भई हाल काठमाडौंको कीर्तिपुर बस्दै आएका २३ वर्षीय पुस्कर दहाल रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।

दहालले सामाजिक सञ्जालमा अत्यन्त अश्लील तथा आपत्तिजनक भाषा प्रयोग गर्दै आगामी भदौ २३ गते प्रधानमन्त्री बालेन शाहलाई ज्यान मार्ने धम्की दिएका थिए। उनले उक्त पोस्टमा नेपाल प्रहरीलाई समेत ट्याग गर्दै सुरक्षा निकायविरुद्ध गालीगलौज र चुनौती दिएका थिए।

विवादित पोस्ट भाइरल भएपछि उनले सामाजिक सञ्जालमार्फत नै गल्तीले भएको भन्दै माफीसमेत मागेका थिए।

प्रकाशित: १० भाद्र २०८३ १६:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App