२० पुस २०८२ आइतबार
image/svg+xml
समाज

माछा मार्न जाँदा करेन्ट लागेर युवकको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो कमल गाउँपालिका-३ का २१ वर्षीय उज्ज्वल राईको मृत्यु भएको छ।

स्थानीय ढ्याङ्ग्री खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लाग्दा राई घाइते भएका थिए। घाइते राईलाई उपचारका लागि दमकस्थित लाइफ लाइन अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुई दिनअघि मात्र बिग्रिएको टेबल पङ्खा बनाउने क्रममा करेन्ट लागेर मेचीनगर नगरपालिका-५ का २२ वर्षीय सन्दीप राजवंशीको मृत्यु भएको थियो।

झापामा पछिल्लो समय करेन्ट लागेर मृत्यु हुनेको संख्या बढ्दै गएको जिल्ला प्रहरीका प्रवक्ता खगेन्द्र खड्काले बताए।

प्रकाशित: ४ भाद्र २०८२ २०:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App