तनहुँको शुक्लागण्डकी नगरपालिका-५, बेलचौतारामा आइतबार साँझ मिनी ट्रकको ठक्करबाट एक पैदलयात्री महिलाको मृत्यु भएको छ।
पृथ्वी राजमार्गमा बाटो पार गर्ने क्रममा ट्रकले ठक्कर दिँदा स्थानीय ३७ वर्षीया देवी तिवारी पौडेलको ज्यान गएको हो।
इलाका प्रहरी कार्यालय बेलचौताराका अनुसार साँझ करिब ६:२० बजे दुलेगौँडाबाट खैरेनीटारतर्फ जाँदै गरेको ग १ क १८४५ नम्बरको मिनी ट्रकले पौडेललाई ठक्कर दिएको थियो।
ठक्करबाट टाउकोमा गम्भीर चोट लागेकी पौडेललाई तत्काल उपचारका लागि जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र झरौटामा लगिएको थियो।
गम्भीर घाइते उनको उपचारकै क्रममा साँझ ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले ठक्कर दिने मिनी ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ।
प्रकाशित: २३ कार्तिक २०८२ २१:४२ आइतबार





