२ वैशाख २०८३ बुधबार
image/svg+xml
समाज

वाइफाइको प्लग जोड्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

झापाको बाह्रदशी गाउँपालिका-२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो तार छुँदा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।स्थानीय ३५ वर्षीया सुनिता बास्कीको करेन्ट लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार गएराति आफ्नै घरमा वाइफाइको प्लग जडान गर्ने क्रममा नाङ्गो तार छोएपछि बास्कीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो।

घटनाबारे अनुसन्धानका लागि प्रहरी अधिकृतसहितको टोली खटिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए।

प्रकाशित: २७ चैत्र २०८२ ०९:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App