६ श्रावण २०८३ बुधबार
image/svg+xml
कर्पोरेट

एनएमबि बैंकद्वारा नेपाल–भारत पैसा पठाउने नयाँ ‘क्रस–बोर्डर P2P’ सेवाको सुरुवात

एनएमबि बैंक लिमिटेडले नेपाल र भारतबीच सहज तथा छिटो रूपमा पैसा पठाउन र प्राप्त गर्न सकिने नयाँ ‘इन्डो–नेपाल P2P रेमिट्यान्स’ सेवा सुरु गरेको छ। नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) सँगको सहकार्यमा सुरु गरिएको यस सेवामार्फत अब नेपालबाट भारत तथा भारतबाट नेपालमा पैसा पठाउन र प्राप्त गर्न पहिलेभन्दा अझ सुरक्षित, सरल र सहज हुने बैंकले जनाएको छ।

यस नयाँ प्रविधिसँगै ग्राहकहरूले परम्परागत झन्झट र ढिलाइबाट मुक्ति पाउनेछन्। अब भारतबाट पैसा पठाउँदा धेरै दिन पर्खिनु पर्दैन। उताबाट पैसा पठाएको केही समयमै एनएमबि बैंकमा रहेको व्यक्तिगत खातामा रकम जम्मा हुनेछ। साथै, पैसा पठाउन वा प्राप्त गर्न लामो बैंक खाता नम्बर अरूलाई उपलब्ध गराइरहनुपर्ने झन्झट पनि हट्नेछ।

ग्राहकहरूको सुविधाका लागि बैंकले छुट्टै भर्चुअल पेमेन्ट एड्रेस (VPA) उपलब्ध गराउनेछ, जसको माध्यमबाट सजिलै पैसा पठाउन र प्राप्त गर्न सकिनेछ।

बैंकका अनुसार यो सेवालाई सबैको पहुँचमा पुर्‍याउन अत्यन्तै सरल बनाइएको छ। ग्राहकहरूले मोबाइल बैंकिङ एप वा बैंकको वेबसाइटमार्फत आफैं यो सेवा प्रयोग गर्न सक्नेछन्। साथै, बैंकको जुनसुकै शाखामा गई कर्मचारीको सहयोगमा पनि सेवा सक्रिय गर्न सकिने व्यवस्था गरिएको छ।

घरखर्च वा अन्य व्यक्तिगत प्रयोजनका लागि भारतबाट रकम प्राप्त गर्नुपर्ने ग्राहकहरूका लागि यो सेवा थप उपयोगी हुने विश्वास बैंकले लिएको छ। ग्राहकको कमाइ सुरक्षित रहोस् र सही गन्तव्यमा पुगोस भन्ने उद्देश्यले बैंकले आफ्नो आन्तरिक प्रणालीमार्फत निरन्तर निगरानी तथा सुरक्षा व्यवस्था पनि कायम गरेको जनाएको छ।

एनएमबि बैंकले हाल देशभर रहेका १९८ शाखा, १७६ एटीएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: २५ जेष्ठ २०८३ २१:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App